शनिबार , अषोज १५, २०७९

पलको पक्षमा बोलिन् पूजा, भनिन्- ‘नाबालिकले म सानी छु भनेर सोच्नु पर्ने थिएन’

फागुण १८, २०७८ बुधबार 305

काठमाडौं । नाबालिग बलात्कार घटनामा पक्राउ परेको अभिनेता पल शाहको पक्ष र विपक्षमा पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरु खुलेर कुरा गर्न थालेका छन् । यो घटनामा सुरुदेखि नै पलको पक्षमा देखिएकी छिन्, अभिनेत्री पूजा शर्मा ।

अब पूजाले कतिसम्म भनेकी छिन् भने यो घटनामा नाबालिकले म सानी छु भनेर सोच्नु पर्ने थियो । ‘पलले आएर कपडा च्यातिदिने, जबर्जस्ती गर्नेजस्तो मलाई लाग्दैन,’ अहिले सामाजिक सन्जालमा आएको एक भिडियोमा पूजाले भनेकी छिन्, ‘अहिलेसम्म मैले बलात्कारै बुझेको थिइनँ, अब बुझ्दै गएकी छु ।’

पल र पूजाको अभिनय रहेको फिल्म अहिले हलमा लागिरहेको छ । यो फिल्मको प्रचारका लागि फिल्महरु पुगेकी पूजाले उनीहरुका प्रशंसकसँग पलको पक्षमा वकालत गर्दै आएकी छिन् ।

पूजा पलको पक्षमा देखिए पनि अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा लगायतले पलको विरोध गरेका छन्, नाबालिग र नेपाली किशोरीको संरक्षण हुने पर्ने वकालत गर्दै आएकी छिन् ।

प्रतिकृया दिनुहोस्