आइतबार , असार १२, २०७९

युक्रेनमा रुसी सेनाकाे कारवाहीमा परी भारतीय विद्यार्थी नबिनको मृत्यु

फागुण १७, २०७८ मंगलबार 169

काठमाडौं :

युक्रेनको दोस्रो ठूलो सर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले गरेको कारवाहीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् ।

बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको कारवाही उनको नविन मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

एक रिपोर्टका अनुसार खार्किभको गभर्नर हाउसमा बिहान ७ बजेतिर धेरै विद्यार्थी खाना खान लाइनमा बसिरहेका बेला आ’क्र’म’ण भएको थियो र नवीनको मृत्यु भएको थियो।

नविन बिहान रुसी सेनाले खार्किभमा उडाएको गभर्नर हाउस नजिकै उभिरहेका थिए । नवीन खार्किव मेडिकल युनिभर्सिटीमा चौथो वर्षका मेडिकल विद्यार्थी थिए। उनीसँग फोन थियो, जसबाट उनको पहिचान भयो ।

खारकिभमा आफ्ना नागरिकको मृत्यु भएलगत्तै भारत सरकारले आफ्ना सम्पूर्ण नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । भारतले जुनसुकै माध्यमबाट भए पनि युक्रेन छाड्न निर्देशन जारी गरेको छ ।

भारतले आफ्ना नागरिकहरुलाई आजै ( मंगलबार) राजधानी किभ छोड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छोड्न अनुरोध गरेको हो ।

‘रेल वा अन्य उपलब्ध अन्य माध्यमाफर्त तत्काल आजै’ किभ छोड्न सरकारले अनुरोध गरेको छ । ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ । विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत ।’ युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ ।

भारतको यो निर्देशनले युक्रेनमा भी’ष’ण यु’द्ध हुने सं’केत गरेको छ । रुसी सेनाको बख्तरबन्द गाडी ६४ किलोमिटरसम्म लाम लागेर युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्