आइतबार , जेठ ८, २०७९

भोली पनि नेपाल बन्दको घोषणा,सार्वजनिक भयो अहिलेसम्मकै कडा विज्ञप्ती

फागुण १६, २०७८ सोमबार 715

काठमाडौँ ।सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास गर्ने तयारी गरिरहेका बेला भोलि नेपाल बन्दको आव्हान गरिएको छ ।एमसीसी बिरोधि गठबन्धको आइतबार अपरान्ह बसेको बैठकले भोलि नेपाल बन्द आव्हान गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले संचारकेन्द्रलाई बताए****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यसबारे आधिकारिक जानकारी दिन केहि बेरमा विज्ञप्ति आउन लागेको उनले बताए ।विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यी ५ पार्टी र मोर्चाले एमसीसी संसदमा लैजानुभन्दा पहिलेदेखि नै बिरोध गर्दै आएका छन् । संसदमा टेबल गरिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि आज दिउसोदेखि छलफल चलिरहेको छ । देउवा सरकारले आजै एमसीसी पास गर्ने तयारी समेत गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एमसिसी पारित गर्न दलहरूले ११ बुँदे व्याख्यात्मक टिप्पणीसहितको मस्यौदा तयार पारेका छन्। उक्त मस्यौदाका प्रतिलिपी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका सांसदहरूलाई वितरणसमेत गरिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको व्याख्यात्मक टिप्पणीमा एमसिसी अमेरिकी सैन्य गठबन्धनको रणनीति नभएको, यो सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि नरहेको लगायत बुँदाहरू समेटिएका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्