बिहिबार , जेठ ५, २०७९

बानेश्वरको संसद भवन अगाडी राखिएको यो कुकरमा के छ ?

फागुण १६, २०७८ सोमबार 187

काठमाडौ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि नो एमसीसी लेखिएको शंकास्पद कुकर भेटिएको छ। तर त्यो कुकरमा के छ भन्ने खुलेको छैन । सडकमै त्यस्तो कुरा देखेपछि स्थानिय डराएका थिए ।

संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिए पछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

अहिले त्यस क्षेत्रमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाइएको छ। कुकरमा ब म भए नभएको पहिचान गरि निस्क्रिय पार्नको लागि प्रहरीले नेपाली सेनाको ब म डिस्पोजल टोलीलाई खबर गरेको जनाएको छ।

यो पनि बनेपामा शंकास्पद वस्तु राख्ने दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरिएको छ। बनेपा पुल बजारमा शंकास्पद वस्तु राख्ने विप्लव नेतृत्वको नेकपा निकट युवा जिल्ला सदस्य युगन्त लामा र विकेश थिङलाई बनेपाबाट पक्राउ गरिएको डीएसपी हरि खतिवडाले जानकारी दिए।

उनीहरु मोटरसाइकलमा आएर शंकास्पद वस्तु राखेर भागेका थिए। तत्काल जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी बनेपाबाट उनीहरुलाई पक्राउ गरिएको हो। दुबै जना महाभारत गाउँपालिका( ६ का रहेको प्रहरीले जनाएको छ। विकेश थिङ सामान्य कार्यकर्ता रहेको बताएका छन्। शंकास्पद वस्तु कालिजङ गनका नेपाली सेनाले डिस्पोजल गरेसँगै अहिले राजमार्ग खुलेका छन्।

प्रतिकृया दिनुहोस्