शनिबार , साउन २८, २०७९

दाङमा भएकाे छुट्टाछुट्टै दुर्घ’टनामा परि दुई जनाको ज्या’न गयाे

फागुण १६, २०७८ सोमबार 253

दाङ – दाङको तुलसीपुर–घोराही सडक खण्डमा गएराति भएका छुट्टाछुट्टै दु’र्घटनामा परेर दुई जनाको ज्या’न गएको छ ।

घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा बा ३ ख ६४३ नम्बरको माइक्रो र नम्बर नखुलेको मोटरसाइकल ठो’क्किँदा तुलसीपुर उपमहानगरपालिका-१८ का २१ वर्षका रेशम चौधरीको ज्या’न गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटर र लु १ च ६२८९ नम्बरको पिकअप गाडी ठो’क्किँदा तुलसीपुर उपमहानगरपालिका–१७ का ताराबहादुर केसीको ज्या’न गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।(फाइल तस्बिर)

यो पनि : संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आजको लागि नेपाल ब’न्द घोष’णा गरेको छन् ।आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय लिएको हो ।

नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरिरहेको ती दलहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छबन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

केही शैक्षिक संस्थाहरू बन्दको सूचना आइरहेको छ भने लामो दुरीको यातायात पनि प्रभावित हुने देखिएको छ । नेपाल बन्द भए पनि शेयर बजार भने खुल्ला रहने नेप्सेको भनाइ छ । यस अघि पनि नेपाल बन्दका दिन शेयर बजार खुल्ने गरेको थियो
उता नेपाल बन्दको असर प्युठान झिमरुक गा.पा.मा पनी परेको छ कक्षा १ देखी १० कक्षा सम्म हुन गई रहेको आजको परिक्षा पनी स्थगित गरिएको छ।

प्रतिकृया दिनुहोस्