बुधबार , अषोज १२, २०७९

‘म यस्तो गीत गाउँछु २’को आक्रमक ओपनिङ, कति कमायो ?

फागुण १६, २०७८ सोमबार 730

कोरोना कहरपछि नेपाली फिल्म हेर्न हलमा उल्लेख्य दर्शक आएका छन् । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले दर्शकलाई हलसम्म तान्न सफल भएको हो ।

शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सीमा व्यापार गरेको फिल्मले शनिबार बक्स अफिसमा आक्रामक व्यापार गरेको गर्यो । वितरक करन श्रेष्ठले फिल्मको सुरुवाती व्यापार ब्ल्कबस्टर रहेको बताए । शनिबार काठमाडौंका अष्टनारायण, क्यूएफएक्स, बीग मुभिज, वान सिनेमाज, विएसआर, आरके लगायतका हलहरुमा दर्शकको उपस्थिति उच्च चाप रह्यो । यस्तै, काठमाडौं बाहिरका चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोड, दमक लगायतका स्थानमा पनि चलचित्रले बम्पर कारोबार गरेको छ । सुदर्शन थापा निर्देशित फिल्म हेर्न आईबार पनि हलमा दर्शकको संख्या राम्रो छ ।

पल शाह र पूजा शर्मा अभिनित फिल्मले बलिउड फिल्म ‘गांगुबाई काठियावाडी’को व्यापारलाई समेत पछि पारेको वितरक श्रेष्ठको दाबी छ । अर्को भारतीय फिल्म ‘वालिमै’ भने नेपाली बक्स अफिसमा पछारिएको छ । ‘राम्रो फिल्म बनायो भने बक्स अफिसमा जहिले पनि चल्छ भन्ने पुष्टी भएको छ । दर्शकले फिल्म अत्याधिक मन पराउनु भएकाले आगामी दिनमा पनि फिल्मले राम्रो कमाई गर्ने अपेक्षा छ’ निर्माता समेत रहेका थापाले भने । नायिका तथा निर्मात्री पूजा शर्मा आफ्नो फिल्मप्रति दर्शकको माया देखेर आफू भावुक बनिन् । ‘हामी दर्शकलाई पर्दा उहाँहरुको साथमा भयौं भने उहाँहरु पनि हामीलाई पर्दा एकसाथ अगाडि आउनुहुन्छ भन्ने पुष्टी भएको छ । हलमा दर्शक फर्काउन हामी सफल भएका छौं’, पूजा भन्छिन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मलाई सांगीतिक लभस्टोरी कथामा तयार पारिएको छ । फिल्म यस्तो गीत गाउँछु २ ले दुई दिनमा एक करोड ८० लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षलको दाबी छ ।

प्रतिकृया दिनुहोस्