आइतबार , असार १२, २०७९

प्रहरी र अदालतसँग पल शाहको दुई हात जोडेर आग्रह एकपटक दर्शकसँग बसेर चलचित्र हेर्ने धोको छ

फागुण १६, २०७८ सोमबार 450

काठमाडौ । प्रहरीसमक्ष आइतबार आत्मसर्मपण गर्नुभएका अभिनेता पल शाहले एक भिडियो सार्वजनिक गर्दै आफूलाई एकपटक दर्शकसँग बसेर चलचित्र हेर्न मन लागेको इच्छा व्यक्त गर्नुभएको छ ।

नायक पल शाहले आफू निर्दोष रहेको बताउँदै आउनुभएको हो । प्रहरी समक्ष उपस्थित हुनु अगाडि उहाँले सामाजिक सञ्जालमा भिडियोमार्फत आफू निर्दोष भएको दाबीसमेत गर्नुभएको छ ।

सुरुदेखि नै आफूलाई फसाउने षड्यन्त्र भएको पनि उहाँले बताउँदै आउनुभएको छ । यद्यपि, आफूले प्रहरी, प्रशासन र अदालतलाई सघाउने उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ । यसैबीच, उहाँले प्रहरी र अदालतसँग एकपटक आफूलाई दर्शकसँग बसेर चलचित्र हेर्न अवसर प्रदान गरिदिन आग्रह गर्नुभएको हो ।

आफ्नो चलचित्र म यस्तो गीत गाउँछु–२ हलमा प्रदर्शन भइरहेको भन्दै उहाँले उक्त चलचित्र दर्शकसँग बसेर हेर्ने चाहना रहेको र उक्त अवसर प्रदान गरिदिन अनुरोध गर्नुभएको हो ।

यो पनि पढ्नुहोस् -विपन्न विद्यार्थीलाई सहयोग:इलामको माइजोगमाई ६ प्याङका राजेन्द्र घिमिरेले जनता प्राविमा अध्ययनरत विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गर्नुभएको छ । आफ्ना आमा ७१ वर्षीया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको सातौँ दिनको पुण्यतिथिका अवसरमा उहाँले विपन्न विद्यार्थीलाई ब्याग, कपी, कलमलगायतका आवश्यक सामग्री वितरण गर्नुभएको हो ।

सो अवसरमा उहाँले आगामी दिनमा आमाको स्मृति अक्षयकोष खडा गरेर विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत अन्य सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्