आइतबार , जेठ ८, २०७९

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

फागुण १५, २०७८ आइतबार 298

अभिनेता पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्रहरीको नियन्त्रणमा परेका छन्। एक नाबालिग गायिकालाई ब,’लात्कार गरेको जा’हेरी परेपछि फरार रहेका पलसँग सम्पर्कमा भएको देखिएपछि उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

पलका म्यानेजर जोशीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। जोशीले आफू धनगढीको मान्छे भएको र शाहको म्यानेजर भएको बताउने गरेका छन्। ज,’बर्जस्ती क,’रणीको अरोपमा १७ वर्षिय गायिका समिक्षा अधिकारीले तनहुँ (दमौली) को जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि पल फरार रहेका छन् ।

बुधवार पक्राउ पुर्जी जारी भएपछि पललाई प्रहरीले खोजी गरिरहेको छ । पलको बारेमा जोशीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको छ । यस्तै फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

सोधपुछपछि उनीहरुलाई प्रहरीले छोडेको छ । गायिका अधिकारीले उजुरीमा एउटा म्यूजिक भिडियोको सु’टिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि क,’रणी गरेको बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्