आइतबार , असार १२, २०७९

४३ सय रुसी सैनिकको मृत्यु ! २७ विमान र २६ हेलिकप्टर युक्रेनले खसाल्यो

फागुण १५, २०७८ आइतबार 956

युक्रेनको सहायक रक्षामन्त्रीले अहिलेसम्म युक्रेनी सेनाले रुसी सेनालाई पुर्‍याएको क्षति दाबी गर्दै एउटा आँकडा सार्वजनिक गरेकी छन्।

किएभकी हाना माल्एरले फेसबुक पोस्टमा यो पहिलो तीन दिनको अनुमानित तथ्याङ्क भएको र फेरबदल हुनसक्ने बताएकी छन्।

बीबीसीले यो आँकडा पुष्टि गरेको छैन र रुसले अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।

माल्एरले गरेको दाबीमा रुसको निम्न क्षति भएको छ:

४,३०० मृत्यु
२७ विमान
२६ हेलिकप्टर
१४६ ट्याङ्क
७०६ सशस्त्र सवारीसाधन
४९ तोप
१ हवाई रक्षा प्रणाली
४ रकेट प्रहार प्रणाली
३० सवारीसाधन
६० ट्याङ्कर
२ ड्रोन
२ डुङ्गा

चर्को बिरोधबीच एमसीसी अघि बढ्यो

प्रतिपक्षी दल एमालेको होहल्लाका बीच अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल अघि बढेको छ । आइतबारको संसद् बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता भीम रावललगायतले आफ्नो धारणा राखेका छन् । उनीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णयको विरोध गरेका छन् ।

बैठक जारी रहँदा एमालेले अवरोध सहित नाराबाजी गरिरहेको छ। यस्तै नेमकिपा, जनमोर्चाका सांसदले पनि विरोध गरेका छन् । सत्तारुढ दलकै पनि केही सांसदले विरोध गरेका छन् भने विरोध र विवादका बीच एमसीसी अघि बढाइएको हो ।

एमालेले एमसीसीको विरोध गर्दै संसद् अवरोध भने गरेको होइन । उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अवरोध गरेको हो ।

प्रतिकृया दिनुहोस्