शनिबार , अषोज १५, २०७९

अन्याय भएको हो भने पहिले किन बोलिनन, दुर्गेशलाई बहिस्कार गर्नुपर्छ भन्दै दिइन मुखभरीको जवाफ, हेर्नुहोस्

फागुण १४, २०७८ शनिबार 340

काठमाडौँ ।

एक जना १७ वर्षकी किशोरी गायिकाले अभिनेता पल शाहलाई गम्भिर आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा निकै तर्क वितर्क भइरहेको छ ।

अहिले पल र ति किशोरीको पक्ष विपक्षमा वयानहरु सार्वजनिक भइरहेका छन् । पल र ति किशोरीको प्रेम सम्बन्धका बारेमा धेरै पहिला देखि नै समाचारहरु सार्वजनिक भइरहेका थिए । एउटा राष्ट्रिय अनलाईनमै त्यो विषयमा समाचार बनेपछि सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भए ।

व्यक्तिगत रिसिइबिका कारण कृष्ण, सरोज ओली, दुर्गेश थापा लगायतको टिमले पटक पटक मिटिगंमा बसेर पल विरुद्ध गम्भिर षड्यन्त्र रचेको समेत कृष्णले स्विकारेका छन् । कृष्णले अहिलेसम्म बाहिर नआएका रहस्यहरु खोलेका छन् ।

अनेक प्रपञ्च रच्न माहिर यी मोडलले पल शाहलाई आफ्नो साथी बनाए । नजिकिए र कहिल्यै नमिल्नेगरी टाढिए पनि । यस विचमा दुर्गेशले एक भिलियनको रोल खेलेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ ।

पलले दुर्गेशलाई फसाउन गरेका अनेकन प्रपञ्चका अडियोहरु जब भाइरल बने त्यसपछि पिडित भनिएकी गायिकासँगको योजनाले पलभन्दा बढी विबादित दुर्गेशको समुह बनिरहेको छ । सामाजिक संजाल र समाचारहरुमा पल दोषी भए कारवाही हुनुपर्ने कुरामा धेरै सहमत छन् तर दुर्गेशको समुहलाई कारवबाही हुर्नेपर्ने कुरामा भने सबै एकमत छन् ।

पछिल्लो हप्ताका गतिविधि हेर्ने हो भने पल विरुद्ध गायिका, सरोज ओली, दुर्गेश, पलका म्यानेजर कृष्ण जोशी र गायक सम्राट चौलागाईको प्रपञ्चलाई पलले छताछुल्ल पार्नका लागि उनीहरुका आधा दर्जन अडियो काफी बने । यसबाट यो बुझ्न सकिन्छ की दुर्गेशले पललाई थापेको पासोमा आँफै फसे र उड्न नसक्ने अवस्थामा छटपटाइरहेका छन् ।

प्रतिकृया दिनुहोस्