शनिबार , अषोज १५, २०७९

युक्रेनका राष्ट्रपतिले आफ्ना सेना र नागरिकलाई दिए यस्तो निर्देशन

फागुण १४, २०७८ शनिबार 489

एजेन्सी :

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रुससँग आ’त्म’सम’र्पण गर्न आह्वान गरेको भन्ने अ’फवा’हको ख’ण्डन गरेका छन्। त्यस्तो अ’फवा’हलाई नि’स्तेज पार्न उनी किएभका सडकमा आफैँ गएर त्यो सन्देश दिएका हुन्।

“मैले सेनालाई ह’ति’या’र बिसाउन भनेको तथा ठाउँ छो’ड्ने क्रम सुरु भएको जस्ता निकै मि’थ्या सूचनाहरू अनलाइनमा छन्,” उनले भने। “म यहीँ छु। हामी ह’ति’या’र बि’साउँदैनौँ। हामी हाम्रो राष्ट्रको प्रति’रक्षा गर्छौँ।”

रुसी आ’क्र’मण’को प्रतिवाद गर्न आफै सडकमा आएका राष्ट्रपति जेलेन्स्कीको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ। उनले रुसलाई चेतावनी दिँदै यसअघि भनेका थिए, ‘जब तिमीहरुले हामीमाथि आ’क्र’म’ण गर्छौँ, हाम्रो पिठ्युँ होइन अनुहार देख्ने छौं।’

उनले शुक्रबार राति आफैले खिचेको सेल्फी भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यसमा उनीसहित सरकारका प्रमुख नेताहरु थिए र उनले आफूहरु किएभमै रहेको भन्दै आफ्नो भूमिको रक्षा गर्ने बताएका थिए।

रुसको रक्षा मन्त्रालयलाई उद्धृृत गर्दै रुसी सैनिकहरूले दक्षिणी युक्रेनको मिलिटोपोल नगर नि’यन्त्रणमा लिएको समाचार रुसी समाचारसंस्था इन्टरफ्याक्स र स्पु’त्निकले प्रकाशित गरेका छन्।

मिलिटोपोल युक्रेनको मुख्य बन्दरगाह मा’रिऊपो’लनजिकै रहेको एउटा मध्यम आकारको सहर हो।

यस्तै जेलेन्स्कीले अमेरिकाले गरेको उ’द्धारको प्रस्ताव अ’स्वीकार गरेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन्। जेलेन्स्कीले ‘यु’द्ध यहाँ भइरहेको छ। मलाई गो’लाबा’रु’द चा’हि’एको छ, भा’ग्नका लागि सवारी होइन’ भन्दै अमेरिकाले गरेको उद्धारको प्रस्ताव लत्याएको खबरमा दाबी गरिएको छ।

ए’सोसि’एट प्रेसले अमेरिकी उच्च गुप्तचर अधिकारीलाई उद्धृत गर्दै यसबारे खबर प्रकाशित गरेको हो। द वासिङ्टन पोस्टले पनि अमेरिकी तथा युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको उल्लेख गरेको छ।

युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो– स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्क

सरकारले युक्रेनमा फ’सेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरीहुँदै बाहिर निस्कन आग्रह गरेको छ ।

युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो ।

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनत्राट निस्कन चाहने विदेशी नागरिकहरुलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकहरु तर्फ जान सकिने दूतावासले जनाएको छ ।

सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमतिपत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी र डिजिटल फोटो दूतावासको इमेल ठेगानामा पठाउन पनि दूतावासले आग्रह गरेको छ ।

दूतावासले स्लोभाकिया पुगेपछि ००४२१९४०७७८५९४४ नम्बरमा जय प्रसाद शिवाकोटी, पोल्याण्ड पुगेपछि ००४८६०६८५२८३७ नम्बरमा मा डा. बोधराज सुवेदी र ००४८७२९२१२६७३ नम्बरमा जीवन कुमार क्षेत्री र हंगेरीमा ००३६७०५३०८७९३ मा सुरेन्द्र श्रेष्ठलाई सम्पर्क गर्न भनेको छ ।

रुसले गत बिहीबारबाट युक्रेनमा सैन्य आ’क्र’म’ण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको उद्धारमा सरकार जुटेको हो । युक्रेनमा हवाई उडन नि’षेध गरिएका कारण त्यहाँ रहका विदेशीको उद्धार हुन सकेको छैन ।

यसैक्रममा स्वदेश फर्कन चाहने विदेशीको लागि छिमेकी स्लोभाकिया, पोल्याण्ड र हंगेरीले सीमा खुला गरिदिएपछि स्थल मार्गबाट उद्धार प्रक्रिया अघि बढाइएको हो । यु्क्रनेमा रहेका १९३ नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । उनीहरु सबै हालसम्म सुरक्षित रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार स्थायी रुपमा बसोबास गर्ने ३८ जना र युरोप र अमेरिका जाने क्रममा रहेका करिव २ सय नेपाली युक्रेनमा रहेका छन् । गैरआवासीय नेपाली संघले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्