शनिबार , साउन २८, २०७९

बर्दघाट व्यापार मेलाबाट पनि हटाईयो दुर्गेश र समिक्षाको नाम

फागुण १४, २०७८ शनिबार 475

पाचौँ बर्दघाट कृषि, पर्यटन तथा औधोगिक व्यापार मेलाबाट कलाकार समीक्षा अधिकारी र दुर्गेश थापालाई ह’टाइएको छ ।निमन्त्रणा गरिएका दुई कलाकार समिक्षा अधिकारी र दुर्गेश थापालाई आयोजकले सहभागी हुने कलाकारको सुचिबाट ह’टाएको आयोजकले जनाएको छ ।

पछिल्लो समय नायक पल शाह र गायिका समिक्षा अधिकारी प्रकरण बाहिरिए सगै सो घटनामा मु’छिएका मोडल दुर्गेश थापा र गायिका समीक्षा अधिकारीलाई दर्शक र स्थानीयको बिरोधका साथै सुरक्षाको दृष्टिकोणले ह’टाईएको बर्दघाट व्यापार मेलाका सास्कृतिक संयोजक खुमन बस्यालले जानकारी दिए ।

by TaboolaSponsored LinksYou May Like
Prices of Unsold New Cars In Kathmandu Could Greatly Surprise You
Unsold Cars | Search
Prices of Women’s Underwear In Kathmandu Could Surprise You
Women’s Underwear | Search
Kathmandu: Houses For Sale In Toronto Might Be Cheaper Than You Think
Toronto Homes For Sale | Search Ads
व्यापार मेलाको माहोल बि’ग्रिन सक्छ, स्थानियको पनि सुझाव लिदा नबोलाउने भन्ने कुरा भयो बस्यालले भने अहिलेको अवस्थामा सुचिबाट हटाउनै उचित देखियो त्यसैले यस्तो निर्णयमा पुग्यौ ।यस अघि कैलालिमा अत्तरिया उधोग बाणिज्य संघको आयोजनामा सन्चालन भैरहेको महोत्सवमा घटना बाहिरिएसगै सुरक्षाको कारण देखाउँदै दुर्गेश र समिक्षलाई आयोजकले सुचिबाट ह’टाएको थियो ।

यो पनि – अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको बताइएको छ ।मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।

पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए ।अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनी काठमाडौंमा लु’किछिपी हिँडिरहेका छन् ।

पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् ।प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन् । आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन् । ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दा’बीसमेत गरिन् ।पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए ।

पुजाले यसरी जवाफ दिइन् –‘खासमा भन्नुपर्दा पुजा भनेकै पलको पिल्लर हो । पुजाबिना पल अधुरो छ । पलबिना पुजा अधुरो छ । फिजिकल्ली यहाँ नभए पनि पल मेरो मनमा छ । मेरो साइडमा उभिएको छ । मलाई साथ दिइरहेको छ । मेरो काँधमा यसो गरिरहेको छ ।’

उनले थपिन्, ‘आफ्नो फिल्मलाई आफ्नो भनेर हिँड्न नपाउँदाको पी’डा मलाई थाहा छ । प्रेमगीत-२ मा म हिँड्न पाएको थिइनँ । अहिले पललाई के भइरहेको होला ? उसको फिलिङ्स के होला ? आज पल एकदम मिस भइरहेको छ । तर पनि हामी सँगै छौं ।

यो नै सबैभन्दा ठूलो जित हो । म बोल्दाखेरि मसँगै मेरो पल पनि जानुपर्छ ।’‘पललाई कसैले केही गर्न सक्दैन । यो मेरो हन्ड्रेड पर्सेन्ट विश्वास हो । सत्यको जित हुन्छ । एक न एकदिन पल आउँछ । दर्शक साथमा छन् भने कसैले केही गर्न सक्दैन ।

प्रतिकृया दिनुहोस्