बिहिबार , भाद्र २, २०७९

अभिनेता पल शाहलाई पक्राउ गर्न देशभरका प्रहरीलाई निर्देशन !

फागुण १४, २०७८ शनिबार 345

अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा ब ला त्कारको आरोपमा जाहेरी परेसँगै अभिनेता शाहलाई प क्राउ गर्न प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो ।

जाहेरी परेको दिनदेखि सबै प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको तनहुँ प्रहरीले बताउँदै आएको छ । गायिका समिक्षा अधिकारीले गत बुधबार शाहविरुद्ध जब रजस्ती क रणीको जाहेरी दर्ता गराएकी थिइन् ।

मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा प क्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अ पराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।

पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनी काठमाडौंमा लुकिछिपी हिँडिरहेका छन् । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् । घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यकालमा उनीविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिकृया दिनुहोस्