बिहिबार , अषोज १३, २०७९

यिनै रहेछन् दिपिक जस्ले स्कुलबाट फर्किंदै गरेकी १२ बर्षिया बालिकालाई……

फागुण १४, २०७८ शनिबार 370

विराटनगर :

१२ वर्षीया करूणा राईको कर णीपछि ज्या न लि एको आरो’पमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको घटना घटाएको आ’रोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो ।

बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बालिकालाई यो अ’मान’वी’य काम गरेका हुन् । ‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको कर ‘णीपछि ज्या’ ‘न लिएको प्रहरीले बताएको छ भने‘ घटनामा आफ्नो सं’ल’ग्नता स्वी’कार गरिसकेका छन् ।’

घरबाट एक घण्टा पैदल हिँडेर पुगिन्छ करुणाको विद्यालय। बिहानै झो’लामा कि’ताब बो’केर हिँडेकी उनी फेरि क’हिल्यै न’फर्किने गरी बिदा भइन्। पढ्न हिँडेकी मोरङको लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करु’णा राईले का’रुणि’क मृत्यु बे’होर्नुपर्ला भन्ने कल्पना गरेकी थिइन्, न उनको परिवारले नै।

ज्यामिरे मोरङको उत्तरी दुर्गम क्षेत्रमा पर्छ। सधैँ साथीसँग विद्यालय जाने आउने गर्ने गर्थिन् उनी। तर त्यो दिन सबै साथी स्कुलबाट साँझ घर फर्किए पनि उनी भोलिपल्ट बिहानसम्म पनि घर फर्किइनन्। बुधबार ह’राएकी उनको शव शुक्रबार बिहान लेटाङ-८ लालहीरा सामुदायिक वनमा के’राको झ्या’ङभित्र फे’ला पर्‍’यो। उनको श’व नि’र्व’स्त्र फे’ला परेको थियो।

श’री’रको विभिन्न भागमा चो’ट’प’टक लागेको अवस्थामा उनको शव फेला परेको थियो। उनको कर णी ह’ ‘त्या भएको प्रहरीले जनाएको छ। बालिकाको श’व लु’का’उन झ्या’ङमा ढुं’गा’ले थि’चे’र गा”डि’एको अवस्थामा भेटिएको थियो।

घटनास्थलबाट करुणाको श’व निका’ल्दा स्थिति त’ना’वपू’र्ण बनेको थियो। स्थानीय र विद्यार्थीहरूले कर णीपछि ह’ ‘त्या ग’रे’र फा’ले’को हुनसक्ने भन्दै गहन अनुसन्धान गरि घटनामा सं’ल’ग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि मात्र उनीहरूले श’व पोस्टमार्टमका लागि लैजान दिएका थिए।

यो पनि : कीर्तिमानी सगरमाथा आरोही पत्रकार महर्जन इलामको पर्यटन सद्भारवना दूत

इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन् ।

महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरेकी हुन् ।

पत्रकारितामा क्रियाशील महर्जन दुवै तर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार हुन् । महर्जनलाई २०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । महर्जनसंगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही याम बहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसारको काम गर्नेछिन् ।

इलाम नगरपालिका पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले महर्जनसंग समितिले इलामको पर्यटन विकासमा सहकार्य गर्ने बताए । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन सद्भावना दूतमा नियुक्त महर्जनलाई बधाई ज्ञापन गर्दै इलामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यो पनि : सिप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्लाका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । चन्दननाथ नगरपालिकाभित्रका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।

आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न थालेको चन्दननाथ नगरपालिका ६ की संगीता रावलले बताइन् । उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’

सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्नका लागि एक महिने हाते होजियारी सिप सिक्ने व्यवस्था गरेको थियो ।

उनीहरुले टोपी र मोजा बुन्न सिकेका हुन् । अब घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारसम्म लैजाने तयारी उनीहरुले गरेका छन् । ‘यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ’, चन्दननाथ ४ की अमृता भारतीले थपिन, ‘सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।’

यसअघि चुलोचौको र पानीपँधेरामा सीमित हुने महिलाले सिप सिकेर आयआर्जन गरेर आत्मनिर्भरको बाटो रोजेका छन् ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सिप व्यावसायिक रुपले अगाडि बढाउन आग्रह गरे । सिकेको सीप निस्वार्थ हुने भएकोले बजारमा पाइने रेडिमेटभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने बताए ।

‘सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नु पदैन, उनले भने, ‘घरमै किन्न आउने वातावरण बन्छ । यो वातावरण बनाउनको लागि तयार हुनु अहिलेको आवश्यकता हो ।’

सामाजिक विकास कार्यलय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउने हिसावले सिप प्रदान गरिएको बताए ।

प्रशिक्षक सरस्वती भारतीले एक महिनासम्म महिलालाई ऊनको धागोबाट टोपी र मोजा बुन्न सिकाइएको बताइन् ।

प्रतिकृया दिनुहोस्