शनिबार , अषोज १५, २०७९

पहिलोपटक पिडित गायिकाको बयान जस्ताको तस्तै

फागुण १३, २०७८ शुक्रबार 343

काठमाडौं ।

मीठो आवाजकी धनी चर्चित गायिका अहिले केही नमिठा पलहरूबाट गुज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्षणिक मनोरञ्जनको विषय ठान्छन् ।

ती गायिकाको स्वरका लाखौं प्रशंसक छन् । सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थोरै कलाकारलाई नसिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गुणवत्ता नचिन्दा चाहिँ जीवनमा हण्डर र धो’का खानुपर्छ, जस्तो गायिकालाई भइरहेको छ ।

नेपाली चलचित्रका ‘प्ले व्वा’ई’ का रूपमा परिचित पल शाहसँग एक वर्षअघिदेखि गायिकाको रि’लेस’नसी’प सुरू भएको थियो । यो एक वर्षमै उनीहरूको स’म्वन्धमा ती’व्र उ’ता’रच’ढा’व आइरहेको छ ।

केही समय प्रेमपछि पलले गायिकालाई पन्छाउन खोजे । गायिकाले कानूनी उपचारका निम्ति पाइला चालिन् । पलले फकाए । गायिका ब्याक भइन् । पलले फेरि पन्छाउन खोजे । गायिका फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फकाए । यस्तै सिलसिला चलिरहेको थियो ।

पछिल्ला केहि दिन देखिका कुरा गर्ने हो भने पल र यी गायिका बीच अहिले सामाजिक संजालमा सबै कुरा बाहिर आइसकेको छ । पलले आफ्नो बचाउ गर्दै आफ्ना कुरा राखिसका छन् भने गायिकाले पनि आफ्नो बचाउ गर्दै आफ्ना विचार राखेकी छन् ।

सामाजिक संजालमा पलले आफ्नो विचार सार्वजनिक गरिसकेका छन् । आफु दोषी भए कारवाहीको भागिदार हुने उनले बताएका छन् । पलले आफ्ना विचार सार्वजनिक गरेपछि गायिका नबोलेको भन्दै सामाजिक संजालमा पलका फ्यानहरुले पनि समिक्षाले यस बिषयमा किन नबोलेको भन्ने प्रश्न गरेका छन् ।

यसै बिषयलाइ लिएर गायिका पनि पल र आफु बिचका सम्पूर्णकुराहरु सार्वजनिक गरेकी छन् । उनले आफ्नो पि’डा सुनाउंदै भनेका कुराहरु हामीले जस्ताको तस्तै तल राखेका छौ ।

पिडित गायिकाको बयान जस्ताको तस्तै :

म एक अ’प’रि’प’क्क नाबालिका रहेको र तपईहरुले मलाई पूर्ण विश्वासका साथ मेरो गायन क्षेत्रलाई बिस्वाश र माया ले यहाँ सम्म पुर्याईदिनु भएकोमा आभारी छु।

मेरो सम्पर्ण शुभचिन्तक तथा इस्ट, मित्रहरुमा म माथि परेको पी’डाले गर्दा केहि समय म मिडियामा आउन सकिन । त्यस समय समीक्षा अधिकारी एक पात्रको रुपमा रहेर पनि सम्पूर्ण नेपाली चेलीहरुको साथ थियो । गायन क्षेत्रलाई मूल्यांकन गर्दा जुन सुकै चेलीलाई पनि मेरो जस्तै पि’डा न परोस् । कसैले उ’कासिएर उ’कासिएको होइन म चाहि साचिकै पि’डामा परको हो ।

म आफ्नो ठाउमा एकदमै सहि छु मैले गलत केहि पनि गरेको छैन । जति पनि पहिलाको न्युजहरु आयो त्यो सबै कुराहरु सत्य हो । अब यसमा धेरै कुराहरु छ मलाई पूर्ण रुपमा दबाब नै थियो यो सबै घटनाहरु सत्य नै हो । सुरुमा मैले यो सबै घटना मेरो आमालाई शेयर गरे । सबै कुराहरु मलाई यस्तो यस्तो भयो उहाँले मेरो फि’लिङ’ग संग खेल्नु भयो र खेल्नु पनि भाको हो ।

पछि मेरो कुरा आमालाई शेयर गरि सकेपछी चाही आमाले यस्तरी मेरो नाबालिका छोरी संग खेल्न मिल्दैन भनेर चाही उजुरि गर्छु भनेर एकपटक उहा संग कुरा गर्छु भनेर उहाँ संग कुरा गर्नु भयो र उहाले मेरो फेमिलीलाई भेट्नु पनि भयो र भेटपछि बरु म उसलाई बिहे नै गर्छु उजुरी नहाल्नु भनेर प’टकप’टक मेरो फेमिली संग मिटिंग पनि बस्नु भयो ।

अनि उहाले म संग के सल्लाह गर्नु भयो भने हामी मिलेर जाम पब्लिक लाई हाम्रो राम्रो तरिकाले बिहे भएको हो भन्ने होस् हामी त्यो भनम अहिले तिमीले मलाई बचाऊ भनेर चाही मलाई प’टकप’टक होइन भनेर भन्न लगाउनु भयो अनि मिले उहालाई अन्धो भएर विस्वास गरे ।

जब उहाको अ’न्तिम स्वा’र्थ पुरा भयो त्यसपछि चाही तिमि आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु भन्नु भयो लास्टमा आएर मैले दु’निया सामु होइन होइन भने उहाले त्यही भन्न लगाउनु भएको थियो मलाई मैले त् उहालाई एकदमै बिस्वास गर्थे र चोखो माया पनि गर्थे उहालाई । उहाले प’टकप’टक मेरो फि’लिंग संग खेल्नु भयो यो कुरामा एक्दमै दुखि छु ।

सुरुमा चाही कियरहरु धेरै गर्नु हुन्थ्यो यता उति माया गर्छु भन्दै पछी आएर बिहे पनि गर्छु भन्नु भएको थियो । मेरो फेमिलिकै अगाडी मलाई स्वीकारनु भएको थियो पछी आएर ग’र्भव’ती भएको भए म स्वीकार गर्ने थिए तर गल्फ्रेन्ड व्यफ्रेन्डमा त जसको नि यस्तो भै हाल्छ नि भनेर भन्न थाल्नु भयो जुन आडियो अहिले बाहिर आयो नि त्यो मेरो होइन अरु कसैले क्यारिकेचर गरेको हो भन्नु भयो नि उहा को पहिले बाटै प्ला’निंग त्यस्तो रहेछ तर मेरो त चोखो माया थियो तर अहिले त् मेरो कुरा कसैले पनि विश्वास गर्नु भएको छैन । त्यहि भएर मलाई एकदमै गार्हो भइरहेको छ म पि’डामा छु ।

बास्तवमा पि’डित म हो मलाई कसिले पनि उ’का’सिएर उ’का’सि’एको पनि होइन र उकसिले पनि म होइन मलाई मेरो पि’डा स’हन न’स’केर मिले सहकर्मी साथीहरुलाई सबै कुरा जानकारी गराएको थिए । जुन चाही उहाँ संग नजिक हुनुहुन्थ्यो नि मैले सबै कुरा उहाँहरुलाई भनेकी थिए । अहिले उहाले अडियो हरु हाल्नु भएको रहेछ मैले अहिले सम्म मेरो कुरा बाहिर भनेकी थिएँन त्यसैले अहिले सबैले मलाई नै गा’ली गरिराख्नु भएको छ ।

मलाई लगाई रहेको पैसाको आरोप एकदमै झुटो हो । नभाको कुरा गर्नु हुन् मलाई उस्काए भन्नु भयो नि मैले मात्र सहकर्मी साथीहरुलाई समयमै जानकारी गराएको थिए । त्यसमा सहकर्मी साथीहरुले दिएको सलाह सुझाबहरुलाई चाही अडियो रेकट गरि इडिट गरेर अपुरो मात्र देखाईयो मेरो कमि कमजोरीलाई देखाउन खोजियो ।

त्यहि कुरालाई आज मलाई सबैले फ’सा’उन खोजेको हो भनेर भन्नु भएको छ । म यो कुरामा एकदमै दुखि छु मेरो कमि कम्जोरि लाई मात्र देखाऊन खोजिएको छ जुन वास्तविक हो त्यो कुरा लुकाईएको छ । वास्तविक कुरा त्यहाँ छैन सबै कुरा इडीट गरिएको छ ।

जुन सहकर्मी साथी उहाँ संग नजिक हुनुहुन्थ्यो उहालाई मैले सबै कुरा शेयर मात्र गरेकी हु अरु कुरा उहाहरुनै जानुन । उहाको नजिकको साथी हुनुहुन्थ्यो त्यहि भएर मैले सबै कुरा उहाहरुलाई भनेको थिए । उहाहरुलाई सबै थाहा छ देख्नु भएको छ कृष्ण जोसी दाई हुनुहुन्छ उहालाई पहिलो दिन बाटै सबै कुराहरु थाहा छ यो सबै कुरा सत्य हुन् फ’सा’उन भनिएका कुरा एकदमै गलत हो । सत्यको अबस्य नै जित हुन्छ मैले यदि उहालाई फ’सा’उन खो’जिएको रहेछु भने चाही म चाही सजाय भो’ग्न त’यार छु र उहाले अन्याए गर्नु भएको रहेछ भने उहाले सजाय भोग्न तयार हुनु पर्छ आखिर सत्य कै जित हुन्छ ।

यो पैसाको कुरा सबै झुटो हो मलाई पनि थाहा छैन पैसाको कुरा चाही । मैले त माया गरेको मान्छे हो सकभर हामी मिलेरै जानु पर्छ यति सबै भै सक्यो एकलेअर्कालाई साथ दिएर अगाडी बढ्नु पर्छ भनेरै मैले अहिले सम्म यो कुरा बाहिर निकालेको थिएँन ।

म त प’टक प’टक उहालाई धेरै विश्वास ग’र्थे र हरेक चोटी उहाले मेरो भा’वनामा’थि खे’ल्नु भयो म होइन मेरो बाबा जानु भएको थियो उजुरी गर्नको लागि यो सबैकुरा थाहा पाईसकेपछी । तर उहाले राती राति सुटिङ छो’डी छो’डी आउनु भएको थियो मिलेरै अगाडी बढौ भन्ने कुरा थियो नत्र त पहिले नै यो कुरा बाहिर आउने थियो ।

यो पनि : केराखेतीबाट मनग्य आम्दानी

कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३४ वर्षीय हरेन्द्र बोहरा कृषि पेशा गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत हुनुहुन्छ ।

व्यावसायिक केराखेती, कुखुरा, बङ्गुर र बाख्रापालनमा उहाँ संलग्न रहँदै आउनुभएको छ । परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाइ उहाँले अगाडि बढाउँदै आउनुभएको छ । व्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको ‘फोर फक्स क्याटल एण्ड ह्याचरी’मा रु एक करोड २५ लाख लगानी गर्नुभएको छ । व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट उहाँले रु एक करोड कर्जा लिनुभएको छ । पाँच बिघा जग्गामा व्यावसायिक केराखेती गरिएको छ ।

यसबाट वार्षिकरुपमा प्रतिबिघा रु सात लाखदेखि रु नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजारजति लाग्ने गरेको छ । लागत खर्च कटाएर रु पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ ।

केराखेतीका लागि बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र बजार व्यवस्थापनको कार्यमा बोहरा आफैँ खटिदै आउनुभएको छ । “आवश्यक परेका बेलामात्रै १०÷१५ जना मजदुरलाई ज्यालादारीमा काममा राख्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी समय आफैँ कार्य गर्छौं ।”

केरा खेतीलाई उहाँले एक दशकदेखि अपनाउँदै आउनुभएको छ । “पहिला परम्परागतरुपमा केराखेती हुने गरेको थियो”, उहाँले भन्नुभयो, “त्यसलाई आधुनिकीकरण गरी खेती गर्न थालेपछि आम्दानी विगतको तुलनामा तेब्बरले बढेको छ ।” केराखेतीसँगै बोहरा अण्डा दिने लेयर्सजातका कुखुरापालनको कार्यमा समेत संलग्न हुनुहुन्छ ।

घर नजिकै निर्माण गरिएका दुई वटा फार्ममा पाँच हजार लेयर्सजातका कुखुरापालन गरिएका छन् । फार्ममा पालिएका कुखुराले दैनिक तीन हजारदेखि चार हजार ५०० सम्म अण्डा दिने गरेका छन् । दुवै फार्ममा पालिएका कुखुराबाट दैनिक १०७ क्रेट अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डा नजिकैका बजारमा सहजरुपमा खपत हुने गरेका छन् । मासिकरुपमा रु १५ लाख र वार्षिकरुपमा रु एक करोड ५० लाख बढीका अण्डा बिक्री हुने गरेका छन् ।

“अण्डा भण्डारण गर्नका लागि उहाँले घरमै विद्युतीय चेम्बरसमेत निर्माण गरेका छन् । बजारमा खपत नभएको अण्डा चेम्बरमा राख्ने गरेको छु”, उहाँले भन्नुभयो, “बजारमा मागअनुसार अण्डाको आपूर्ति गर्न सहज भएको छ ।” सुदूरपश्चिम प्रदेश सरकारको अनुदानमा चेम्बर निर्माण गरिएको छ ।

तापक्रम व्यवस्थापन गरी चेम्बरमा केरा पकाउने कार्यसमेत हुने गरेको छ । “केरा पकाउनका लागि पहिला बाह्य क्षेत्रमा पठाउनुपर्ने अवस्था थियो”, कृषक बोहराले भन्नुभयो, “घरमै चेम्बरको व्यवस्था भएपछि पाकेको केरा बजारमा सहजरुपमा बेच्न पाएका छौँ ।”

उहाँ सुदूरपश्चिम प्रदेशका उत्कृष्ट किसानका रुपमा पुरस्कृतसमेत भइसक्नुभएको छ । प्रदेश सरकारले उहाँलाई उत्कृष्ट किसानका रुपमा केही महिनाअघि पुरस्कृत गरेको थियो । पुरस्कृत भएपछि बोहरालाई कृषि कार्यमा लाग्नका लागि थप हौसला थपिएको छ । बोहराले घरमै डुयुरोक, ल्याण्डरस, हेमसागर जातका उन्नत बङ्गुरका पाठा चितवनबाट ल्याई पालन गर्नुभएको छ ।

हाल बच्चा र माउ गरी २४ वटा बङ्गुर उहाँको फार्ममा रहेका छन् । निकट भविश्यमै माछा पोखरी बनाइ त्यसको डिलमा बङ्गुरको फार्म बनाएर अतिरिक्त आम्दानी गर्ने सोच उहाँको रहेको छ । बङ्गुरसँगै घरमै २५ जति उन्नत जातका बाख्रासमेत पालेका छन् । कुखरा र बङ्गुरका दाना भने बोहराले बाह्य क्षेत्रबाट खरिद गरेर ल्याउदैनन् । घरमै रहेको दाना बनाउने उद्योगबाट उहाँले दाना तयार गर्दै आउनुभएको छ ।

“बजारबाट खरिद गर्ने दानाभन्दा घरमै रहेको उद्योगबाट उत्पादित दाना प्रतिकिलो रु सात देखि १० सम्म सस्तो पर्छ”, उहाँले भन्नुभयो, “बजारको भन्दा गुणस्तरीय पनि हुन्छ । जसबाट उत्पादन लागत घटनासँगै आम्दानी चाहे जस्तै हुन्छ । बजारमा दानाको अभाव हुँदा पनि समस्या हुँदैन ।” सुदूरपश्चिम सरकारको ५० प्रतिशत अनुदानमा दाना उद्योग उहाँले स्थापना गर्नुभएको हो ।

हरेन्द्रका बुवाले २०७० सालअघि घरमै व्यावसायिकरुपमा गाईपालनको कार्य गर्दै आउनुभएको थियो । थोरै जग्गामा केराखेतीलाई समेत अँगाल्नुभएको थियो । मजदुरको अभावमा गाईपालनको कार्य फस्टाउन सकेन । त्यसबेला काठमाडौँस्थित शङ्करदेव क्याम्पसबाटमा हरेन्द्र स्नातकोत्तरमा पढ्दै थिए ।

व्यवस्थापनतर्फको एमबिएसको शिक्षा ग्रहण गरेपछि बोहराले केही महिना गोल्छा अर्गनाइजेसनमा काम गरे । काम गरेकै बेला घरमै फर्केर केही गर्नुपर्छ । त्यो कार्य कृषिबाटै सम्भव हुने देखेर उहाँ घर फर्किएनुभयो ।

घर फर्केपछि, “केही महिना बुवासँगै काम गर”, उहाँले भन्नुभयो, “परम्परागतरुपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको थियो ।” परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन उहाँ अग्रसर हुनुभयो ।

“केराखेतीका लागि अगाडि बढाउनका लागि उहाँले सुरुमा बैंकबाट रु २० लाख कर्जाका रुपमा रकम लिए । कर्जाका रुपमा लिएको रकमले केराखेतीमा लगानी गरी प्रतिफल आशा गरेभन्दा बढी भएपछि त्यसलाई व्यवसायीकरण गरी विस्तार गरे”, उहाँले भन्नुभयो, “बैंकको व्याज र कर्जाबापत लिएको ऋण तिर्न भ्याए । त्यसपछि बैंकबाट थप कर्जा लिई कुखुरापालनको कार्य अगाडि बढाए । कृषि कार्यमा प्रयुक्त हुने पम्पसेट, विद्युतीय मोटर, ट्र्याक्टर, ट्राली, पावर टिलर सबै जोड्न सफल भए ।” उत्पादित कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्नका लागि हरेन्द्रसँग पिकप भ्यानसमेत रहेको छ ।

आम्दानी गर्ने स्रोत धेरै भए पनि पढेका युवाले गर्र्नै नमान्ने कृषि पेशालाई व्यावसायिकरुपमा अपनाएको उहाँ बताउनुहुन्छ । “शिक्षित व्यक्तिले कृषि कार्य गरे समाजमा असल सन्देश जान्छ”, उहाँले भन्नुभयो, “त्यसैले यस पेशामा जोस र जाँगरका साथ लागेको छु । यसमै खुसी छु ।” टेक्निकल कलेजमा लेखापालको पदमा कार्यरत बोहराका श्रीमतीलेसमेत जागिर छाडेर उहाँको कृषि कार्यमा साथ दिँदै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ । राज्यको नीति निर्माण गर्ने तहमा कृषिमा संलग्न व्यक्तिकोसमेत प्रतिनिधित्व भए ।”

सबल कृषि नीति निर्माण भई कृषिबाटै सवल अर्थतन्त्र निर्माण गर्न सकिन्छ । युवालाई कृषि कार्यमा सहजरुपमा लाग्नका लागि वातावरण कायम गरिनुपर्छ । त्यसपछि मात्रै देशले विकासमा फड्को मार्न सक्छ ।” सफल किसानका रुपमा परिचित हरेन्द्रबाट प्रेरणा लिएर हाल धेरै जना युवा कृषि पेशामासमेत संलग्न हुन थालेका छन् ।

प्रतिकृया दिनुहोस्