शनिबार , अषोज १५, २०७९

मोरङमा विद्यालयवाट फर्किदा हराएकी १२ वर्षीया किशोरीको शव जंगलमा गा डेको अवस्थामा भेटियो

फागुण १३, २०७८ शुक्रबार 300

काठमाडौ । मोरङमा पछिल्लो समय त्रा स बढाउने घटना भइरहेका छन् । केही समय अघि दुई पुरुषको शव गा डेको अवस्थामा फेला परेका थिए । सो घटनाको अनुसन्धान पुरा हुन नपाउँदै फेरी एक किशोरीको शव एक सामुदायिक वनमा फेला परेको छ । सो शव पनि गा डेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार विद्यालयबाट घर फर्किने क्रममा हराएकी लेटाङ-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राई त्यस्तो अवस्थामा फेला परेकी हुन् । शव खा ल्डोभित्र व स्त्र विहीन अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव पोस्टमार्टम गर्नका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले दो षी लाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्