बिहिबार , भाद्र २, २०७९

कमल थापाको आरोपपछि हिमानी शाहले दिईन यस्तो जवाफ !

मंग्सिर २४, २०७८ शुक्रबार 567

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले ट्वि’टर, फेसबुक लगायत कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको जनाइएको छ। बिहीबार हिमानीकाे निजी सम्बाद सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्व युवराज्ञी हिमानीले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको जनाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका कमल थापाले आफूलाई हराउन निर्मल निवास योजनाबद्ध लागिपरेको भन्दै आरोप लगाएका थिए । त्यसपछि पूर्वयुवराज्ञी हिमानीले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन लाई बधाई दिएका थिए । हिमानीले थापालाई बधाई दिएपछि थापा प्रतिवाद उत्रेर अब राजतन्त्र फर्केर आउँछ भन्दै जवाफ दिएका थिए । आफूलाई हराउन पूर्व राजपरिवारबाटै गुटबन्दी भएको भन्दै कमल थापाले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

थापाले ट्वि’टरमा भनेका छन्– ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाह लाई पनि हार्दिक बधाई तथा शुभकामना ।’ तर, बिहीबार सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वयुवराज्ञी हिमानीले कुनै पनि ट्वि’टर, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग नगरेको पुष्टि गरेको छ । आफू माथि निराधार कपोल्कल्पित, भ्र’मजाल छरिएको भन्दै त्यसबाट मुक्त रहन हिमानीले विज्ञप्ति मार्फत सबैलाई आग्रह गरेकी छन् । साथै, मर्यादामा आँच नपु¥याउन समेत विज्ञप्ति माफर्पत् अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्