फागुण १२, २०७८ बिहिबार 710
काठमाडौं, १२ फागुन । प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । हिजोमात्रै शाहवि’रुद्ध एक गायिकाले तनहुँ प्रहरीमा जब’रजस्ती कर’णीको कसुरमा जाहेरी दिएकी थिईन् ।
सो जाहेरी दर्ता भएसँगै शाह प्रहरीको खोजीमा थिए । ती गायिकाले शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक जब’रजस्ती कर’णी गरेको आ’रोप लगाएकी छिन् ।
शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जब’रजस्ती कर’णी गरेको आ’रोप लागेको छ। १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दु र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जोहरी दर्ता गरेकी हुन् ।
प्रहरीले शाहलाई खोजिरहेको र शाह भागिरहेको भन्ने चर्चा चलिरहेको छ । तर, शाह भने सुटुक्क आज तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । शाहले ती गायिकालाई विवाह गर्नेगरि सहमति जनाउने तयारी गरेका छन् ।
प्रतिकृया दिनुहोस्