बिहिबार , भाद्र २, २०७९

नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौ- दुर्गेश थापा

फागुण १२, २०७८ बिहिबार 202

काठमाडौं-पल शाहबाट पीडित बनेका नाबालिगलाई गायक दुर्गेश थापाले आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक संजालमा त आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाए पछि गायक तथा मोडल दुर्गेश थापाले यस्तो बताएका हुन् । थापाले एकजना नाबालिग ऊबाट पी डित भएकाले नाबालिगलाई न्याय दिलाउन आफुहरुले सहयोग गरेको बताएका छन् ।

ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ थापाले भने । थापाले उसले गल्ती गर्ने अनि दोष चाहिँ हामीमाथि भन्दै प्रश्न गरेका छन् ।

नाबालिगमाथि यौ न शो षण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहवि रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । शाहले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् ।

प्रहरीका अनुसार लोकप्रिय अभिनेता यतिबेला फरार छन् । गायिका समिक्षा अधिकारीले आँफु विरुद्ध तनहुँ पुगेर उजुरी दिएसँगै प्रहरीले अहिले पललाई खोजीरहेको छ । यसबिचमा समिक्षा र एक महिला अधिकारकर्मीबिचको कुराकानीको अडियो र पल शाहले गायक तथा मोडल दुर्गेश थापा र सरोज ओलीबिचको कुराकानीको अडियो बाहिर आए ।

तर बिहिबार भने पल आँफैले आफ्नो अफिसियल फ्यान पेजबाट दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी लगायतले गायिका अधिकारीलाई उक्साएका केही अडियो क्लिपहरु आँफैले बाहिर ल्याइदिएका छन् ।

जसबाट दुर्गेशको टिमले समिक्षालाई पल विरुद्ध उक्साएको स्पस्ट बुझ्न सकिन्छ । पलले आफ्नै साथीहरुबाट धोका भएको भन्ने आशय यसअघि नै प्रकट गरिरहँदा बिहिबार उनले नामै किटेर दुर्गेश र सरोजहरुको व्यबहारलाई पनि आम दर्शक स्रोतहरु माझ ल्याइदिएका छन् । उक्त अडियो सुन्न्ुहोस् जस्ताको त्यस्तै र पढ्नुहोस् पलले लेखेको स्टाटस पनि

नमस्कार म पल शाह

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१- साथी दुर्गेश थापा

२- ठुल्दाई सरोज ओलि

३- भाई कृष्ण जोशी

४- सम्राट चौलागाई

प्रतिकृया दिनुहोस्