शनिबार , अषोज १५, २०७९

आफ्नै भाई मान्थे मैले दुर्गेशलाई, तर उसैले मलाई फसाउन खोज्यो भन्दै भक्कानिए पल शाह

फागुण १२, २०७८ बिहिबार 287

काठमाडौ ।

अभिनेता पल शाहले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले प्रहार गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् ।

१७ वर्षीया एक गायिकाले बलात्कारको आरोपको लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर षड्यन्त्र भएको लेखेका छन् ।

पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन् । नेपाल समचारपत्रमा खबर छ । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो”, “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

बागलुङको गलकोट महोत्सवमा २०७७ चैत ३१ गते शाहसहित दुर्गेश थापा, योगेस काजी, सम्राट चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग एउटै गाडीमा जाँदा पीडित गायिका र शाह एउटै सिटमा बसेको र यात्राका क्रममा शाहले बा-लयौ-न दु-र्व्य-वहार ग-रेको पीडित पक्षको आरोप छ।

बिभिन्न म्यूजिक भिडियोको सु’टिङका क्रममा तनहुँ गएका बेला अभिनेता शाहले फकाएर आफूमाथि क-रणी गरेको गायिकाको आरोप छ । उनले अभिनेता शाहले आफूलाई फ’काएर पटक पटक क -रणी ग-रेको दा’बी गर्दै आएकी छन् ।

यता पल शाह निकट श्रोतका अनुसार नायक पल शाहले आ-त्म-सपर्ण गर्ने बुझिएको छ । आफूमाथि ब-ला-त्कार ग-रेको उजुरी दर्ता भैसकेको र पक्राउ पुर्जी समेत जारी भइसकेको अबस्थामा अनुसन्धानलाई सहयोग गर्न उनि आफै प्रहरीकोमा जाने श्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्