आइतबार , असार १२, २०७९

धरधरी रुँदै पुजाले भनिन्- हामीमाथि बज्रपात पर्याे (भिडिओ)

फागुण १२, २०७८ बिहिबार 222

आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायिका पुजा शर्मा धरधरी रोएकी छन् । चलचित्रका नायक पल शाहवि’रुद्ध जा’हेरी परेपछि उनी कार्यक्रममा उपस्थित हुन नसक्दा पुजा भावुक बनेकी हुन् ।

थुप्रै कलाकारहरुको भिडभाड रहेको प्रिमियर कार्यक्रममा पुजा सुरुदेखि मलिन अनुहारमा थिइन् । फिल्म हेरिसकेपछि सबै अतिथि कलाकारले प्रशंसा गरे । यस फिल्मले नेपाली दर्शकलाई फेरि हलमा फर्काउने आशा धेरैले व्यक्त गरेका छन् । तर, सबैको सुखद प्रतिक्रियाले पनि पुजाको अनुहारमा उत्साह थिएन ।

तर, यदि आँखा लागेकै हो भने सायद म यो इन्डष्ट्रीबाट आउट नै हुनुपर्छ जस्तो लाग्छ ।’

यद्यपि, आफूले हिम्मत नहारिसकेको पुजाले बताइन् । उनले भनिन्, ‘यति संघर्ष गरेँ । जहिले पनि मिठाई खान्छु भन्दा ढुंगा परेको हुन्छ । तर, हिम्मत हारिसकेको छैन ।’

कार्यक्रममा बोल्ने अरु कलाकारहरुले पनि पललाई सम्झिएका थिए । निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कुरा गर्दै कानूनले निस्पक्ष भएर न्याय दिने आशा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्