बुधबार , अषोज १२, २०७९

कुलमान घिसिङकी श्रीमती राप्रपा उपाध्यक्षमा चयन

फागुण १२, २०७८ बिहिबार 471

धादिङ, फागुन १२ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् । राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरूबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङमा उपाध्यक्षमा चयन भएकी हुन्। कुलमानलाई नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

कुलमानको नियुक्ति रोक्न ठूलो चलखेल हुँदाहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनीत गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।

राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।राप्रपा धादिङको गत कात्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुब खनाल अध्यक्षसहित ३१ जना निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्