आइतबार , जेठ ८, २०७९

टिपर दु’र्घटनामा तीन विद्यार्थी सहित चार जनाको मृ’त्यु भएपछि बैतडीमा शोक बिदा

फागुण १०, २०७८ मंगलबार 133

बैतडीको पाटन नगरपालिकाले आज शो’क बिदा दिएको छ । सोमबार अपराह्न भएको टिपर दु’र्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृ’त्यु भएपछि नगरपालिकाले शो’क बिदा दिएको हो । दु’र्घटनामा विद्यार्थीको मृ’त्यु भएकाले शैक्षिक संस्थामा शो’क बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । नगरपालिकाले एक सूचना जारी गर्दै मृ’तकप्रति गहिरो शो’क व्यक्त गर्दै घा’इतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सोमबार अ’पराह्न भएको टिप’र दुर्घ’टनामा परी तीन जनाको घट’नास्थलमै मृ”त्यु भएको र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृ’त्यु भएको थियो । मृ’त्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएको हो भने अन्य तीन जनाको घ’टनास्थलमै ज्या’न गएको प्रहरीले जनाएको छ ।

सोही दु’र्घटनामा परेर अन्य पाँच घा”इते भएका छन् । गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिपर सोमबार अपराह्न भित्री सडकमै पर्ने झाडीमालीमा दु’र्घटनामा परेको हो । विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दु’र्घटनामा परेको थियो । दुर्घ’टनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल ख’सेको थियो ।

प्रतिकृया दिनुहोस्