आइतबार , असार १२, २०७९

कपिलवस्तुमा दोस्रो पटक स- हवा-स ग’र्न नमानेपछि ४० वर्षिय देवरले लिए भाउजुको ज्यान

फागुण ९, २०७८ सोमबार 552

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने एकल महिलाको ज्यान लिएको अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतकको देवर पर्ने सोही स्थान बस्ने ४० वर्षीय शम्भु लोनिया रहेका छन्। बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको ज्यान लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षिय शम्भु लोनियाले माघ १० गते राति भाउजुको ज्यान लिएका थिए । अत्यधिक मात्रामा मा’दक से’व’न ग’रे’को विषयमा शम्भु र पत्नी बिच वि’वा’द भ’ए’पछि श्रीमती माइती गएकी थिइन् ।

श्रीमती माइत गएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेका थिए । देवर भाउजु बिच सहमतीमा स’म्ब’न्ध भएको र दोस्रो पटक स’म्पर्क ग’र्न खोज्दा यशोधाले प्र’ति’कार ग’र्न खो’जे प’छि घाँ’टी थि’चे’र ह’त्या ग’रे’को स्विकार गरेको भण्डारीले बताए ।

घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको – नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

यो पनि, पर्वतको कुष्मा नगरपालिका–३ स्थित धार्मिक एवं ऐतिहासिकस्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ ।

पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल एशोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु गरिएको पर्वत र बागलुङ जिल्ल्का पर्यटकीय गन्तव्य अवलोकन भ्रमण, अन्तरक्रिया एवम् तालिमका अवसरमा दुर्लुङमा आयोजित कार्यक्रमका सहभागीले सम्भावना भएर पनि ओझेलमा परेको दुर्लुङका पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले इतिहासको साक्षी दुर्लुङको ऐतिहासिक एवं धार्मिक महत्वलाई पर्यटन बजारमा पु¥याउनुपर्ने बताउनुभयो । प्राकृतिक दृश्यावलेकनका लागि पनि यहाँको उत्तिकै महत्व रहेको उल्लेख गर्दै उहाँले आसपासका गाउँका उत्पादनलाई पनि यहाँको पर्यटनसँग जोड्न सकिने बताउनुभयो ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनको विकासका माध्यमबाट अघि बढाउन सकिने जनाउँदै प्रदेशमा लुकेर रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई संस्थाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दुर्लुङकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि गन्तव्य पहिचान कार्यक्रममार्फत आफूहरू आएको उल्लेख गर्दै उहाँले सबैको साथ र सहयोगमा यस्ता गन्तव्यको प्रवद्र्धन र विकास गर्न सकिने बताउनुभयो । दुर्लुङकोट भूमे मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बाइसे चौबीसे राजाका पालादेखि नै यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको र मनले चिताएको पुग्ने धार्मिकस्थलका रुपमा रहे पनि पर्यटकीयरुपमा अझै ओझेलमा परेको बताउनुभयो ।

कुष्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्थानीय तहका तर्फबाट यसस्थलको विकासका लागि निरन्तर साथ र सहयोग गर्दै आइएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले सम्भावना बोकेका गन्तव्यको प्रवद्र्धनका लागि पर्यटन सम्बद्ध सङ्घ संस्थासँग सहकार्य गर्दै बोर्ड अघि बढिरहेको बताउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले दुर्लुङकोटका पर्यटकीय सम्भावनालाई पर्यटन बजारसँग जोड्नुपर्ने जनाउँदै यसका लागि स्थानीय जागरुकता आवश्यक हुने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाले प्रभावित बनाएको पर्यटनलाई पुनःरुत्थान गर्नु जरुरी रहेको बताउँदै परिषद्ले पर्यटनसम्बद्ध सबै संस्थालाई साथमा लिएर हिँड्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मनकुमारी गिरी, सचिव वालकृष्ण शर्मा, कुष्मा–३ का कावा वडाध्यक्ष यमनाथ शर्मा, स्थानीय समाजसेवी खेमबहादुर गुरुङ, नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरी, कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका उपाध्यक्ष किशोर दाहाललगायतले दुर्लुङकोटको धार्मिक एवं सांस्कृति महत्वबारे प्रकाश पार्नुभयो ।

कार्यक्रम संयोजक किशोर दाहालका अनुसार कार्यक्रमका क्रममा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले आइबार कुष्मास्थित शताब्दी घरको पनि अवलोकन गरेको छ । टोली कुश्मा आसपासका पर्यटकीयस्थलको प्रवद्र्धनात्मक भ्रमण एवं स्थानीय पर्यटन व्यवसायीलाई ‘डिजिटल मार्केटिङ’ तालिम दिएर फर्कने छ ।

प्रतिकृया दिनुहोस्