काठमाडौ । दुनियाँलाई बचाउन सहयोगी बनेकी एक लोकप्रिय नर्सलाई २२ बर्षको कलिलो उमेरमा नै अब बचाउन नसकिने भएको छ ।
उनको ‘ब्रेन डेड’ भइसकेको चिकित्सकले घोषणा गरेका छन् । तर मृत्युपछिपनि उनले धेरैलाई साहारा दिने भएकी छिन् । ‘ब्रेन डेड’ नर्सका विभिन्न अङ्गदान गरिएको छ ।
गत शनिबार चिकित्सकले ‘ब्रेन डेड’ भएको घोषणा गरेपछि उनका विभिन्न अङ्ग दान गरिएको हो । भारतको कर्नाटककी २२ वर्षीय नर्स टीके गान्भीका आफन्तले उनको ‘ब्रेन डेड’ भएपछि अङ्गदान गराएका हुन् ।
उनी शिवमोगास्थित निर्मला नर्सिङ होममा स्टाफ नर्सका रूपमा काम गर्दै आइरहेकी थिइन् । फेब्रुअरी ८ को रात्रिकालिन काम गर्ने बेला उनी बेहोस भएर लडेकी थिइन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अस्पताल भर्ना गरेको ४ दिनपछि उनको ‘ब्रेन डेड’ घोषणा गरिएको थियो । अस्पताल पुगेका गान्भीकी आमालगायतले तुरुन्त उनको अङ्गदान गर्ने जनाएका थिए ।
उनको कलेजो, मिर्गौला, मुटुको भल्भलगायतका विभिन्न अङ्गहरूले अन्य व्यक्तिलाई जीवनदान दिने चिकित्सकले बताएका छन् ।
त्यस्तै सानै उमेरमा यस किसिमको अङ्गदान गरेर उदाहरणीय बनेको स्वास्थ्य मन्त्री के. सुधाकरले प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस्