बुधबार , अषोज १२, २०७९

एमसीसी सम्झौताका वि”रोधी र प्रहरीबीच बानेश्वरमा झ”डपमा विद्यार्थी र सुरक्षाकर्मी घा’इते

फागुण ८, २०७८ आइतबार 383

प्रतिनिधि सभाको आइतबारको बैठकमा अमेरिकी सहयता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता टेबल गरे। एमसीसीसँगको अनुदान सम्झौता २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको थियो।

तर, दलहरूबीच सहमति नहुँदा टेबल भएको थिएन। आइतबार पनि एमालेको अ”वरोध र केही सांसदहरूको बि”रोधकैबीच सम्झौता टेबल गरियो।

भित्र एमसीसी सम्झौता टेबल हुँदै गर्दा संसद् भवन बाहिर भनेर करिब करिब ‘र” णमैदान’ बनेको थियो। संसद् बैठक सुरु हुनुभन्दा अघि नै बानेश्वरमा वि”रोध प्रदर्शन चलिरहेको थियो। र, संसद् बैठक सकिएपछि पनि प्रदर्शन जारी रह्यो।

सत्तारूढ माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा, विद्यार्थी र एमसीसीको वि”रोधमा रहेका राजनीतिक संगठनहरूले वि”रोध प्रदर्शन गरे। त्यसक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केही विद्यार्थी नेताहरू घा”इते समेत भए। केही सुरक्षाकर्मी पनि घा”इते भए।

प्रहरीले बल प्रयोग गर्दा पनि एमसीसीविरुद्धको नारावाजी र प्रदर्शन भने रोकिएन। प्रहरी र प्रदर्शनकारीबीच ढुं गा हा” नाहा”न चलिरह्यो। प्रहरीले केही सेल अ”श्रुग्यास समेत प्र” हार गर्‍यो।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहो¥याएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए ।

वि’वाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी द’मनको वि’रोध गरेका छन् । साथै प्रहरी द’मनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि प्रचण्डले कामना गरेका छन् । फोटो तथा न्युज नेपाल लाईभ बाट साभार गरिएको

प्रतिकृया दिनुहोस्