बिहिबार , अषोज १३, २०७९

ओली चढेको गाडीमा ढुंगा प्र’हार

फागुण ८, २०७८ आइतबार 250

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडी”लाई लक्षित गरी ढुं”गा प्र” हार भएको छ ।

संसदभवन तर्फ जाँदै गर्दा उनकाे गाडी लक्षित गरी ढुं”गा प्र”हार भएकाे हाे ।

प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर लक्षित गरी प्र”हार भएकाे ढुंगा भने गाडीमा लागेन् ।

त्यस्तै विरोधका बावजुद अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ ।

प्रधानमन्त्री शेर वहादुर देउवाको लामो कसरत पछि आइतवार अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । आइतवार पनि नेकपा एमालेले संसद अवरोध भने जारी राखेको थियो ।

आइतवार सम्झौता टेबल भैरहँदा एमाले सांसद सहित भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका केही सांसदहरुले उठेर बिरोध गरेका थिए ।

एमालेले पनि आजको बैठकमा पनि नाराबाजी गरेको छ । यसअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद झलनाथ खनालले पनि संसदमा एमसीसी टेबुल गर्दा विरोध गरेका छन् । उनी आफ्नो सिटबाट उठेर संसदको वेलमा गएर एमसीसीविरुद्ध नाराबाजी गरेका हुन् ।

यद्यपि नेकपा एकीकृत समाजवादीले भने एमसीसी संसदमा टेबुल गर्न दिने निर्णय गरेको थियो । खनालले त्यस निर्णयको विरोध गर्दै आएका थिए । आज संसद बैठकमा एमसीसी पेश गर्ने कार्यसूची बनेपछि बैठक शुरू हुनासाथ असन्तुष्ट नेताहरू संसदभित्र प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिकृया दिनुहोस्