बिहिबार , अषोज १३, २०७९

नुवाकोट बाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस दु’र्घटना

फागुण ८, २०७८ आइतबार 255

नुवाकोट । नुवाकोटको किस्पाङबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस भीरबाट ख’सेर खेतमा ल’ड्दा ५५ जना घाइते भएका छन । घाइते ५५ जनाको अहिले त्रिशुली अस्पतालमा उपचार भईरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन दिपेन्द्र पाण्डेले जानकारी दिएका छन ।

पाण्डेका अनुसार घा’इते मध्ये ग’म्भीर अवस्थामा रहेका १० जनाको रिफर गरिएको छ । जसमध्ये दुई बिरामीलाई काठमाडौँ लैजान हेलिकप्टर बोलाउन अनुरोध गरेको पाण्डेले जानकारी दिए ।

किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट ख’सेर खेतमा पुगेको छ । साल्मे हुँदै काठमाडौं आउनेक्रेममा टिमुरे यातयातको बस किर्नेबगरमा दु’र्घटनामा परेको हो । बस भीरबाट करिब दुइ सय मिटर त’ल ख’सेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।(फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्