बिहिबार , जेठ ५, २०७९

सडक दुर्घ’टना परी सात जनाको मृ’त्यु

फागुण ८, २०७८ आइतबार 158

काठमाडाैं :देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाकाे ज्यान गएकाे छ। प्रहरीका अनुसार पर्सा, सुनसरी, माेरङ, मकवानपुर, इलाम, चितवन र सुर्खेतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका हुन्।

पर्साकाे सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर, मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ ठूलो खोल्सीस्थित सडक, सुनसरी, दुहबी नगरपालिका–८ कदमगाछी, मोरङको जहदा गाउँपालिका–६ पोखरिया, इलामको सूर्योदय नगरपालिका–३ तीनखुट्टेस्थित सडक र सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा भएका सडक दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन्।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बितलबका १८ वर्षीय किशोरले आफ्नै ५२ वर्षीय बुवाको ह’त्या गरेको, चितवनको खैरहनी नगरपालिका–१० लालटिन बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको, दक्षिणकाली नगरपालिका–८ केरावारीस्थित भीर, सूर्यविनायक नगरपालिका–९ नङ्खेल भाराली खोला, उदयपुर, ताप्ली गाउँपालिका–४ ज्यामिरेको बाटा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका–७ सिस्टिङे, जुम्लाको चन्दननाथ नगरपालिका–६ छिना गाउँको एक खाल्डोमा रहस्यमय अवस्थामा पुरुषका शव भेटिएका प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्