शनिबार , साउन २८, २०७९

पल र समीक्षा एकसाथ मिडियामा , वास्तविक कुरा यस्तो रहेछ ( भिडियो हेर्नुहोस्)

फागुण ८, २०७८ आइतबार 197

काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए ।

समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे चियोचर्चो सुरू भए पनि यो चियागफमै सीमित थियो । यसबारे पूर्ण जानकार कोही थिएनन्. तर यकिनका साथ भन्ने पनि कोही थिएनन् । यो विषयमा बोल्न उनीहरू तर्किए पनि अन्ततः बोलेका छन् । एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धलाई प्रस्ट्याएका छन् ।

पलले सामाजिक सञ्जालमार्फत आफुलाई हुँदै नभएको र नगरिएको आरोप लगाइएको बताएका छन् । ‘काम गर्ने क्रममा व्यक्ति वा समूहसँग नजिक भइन्छ र सांगीतिक सहकार्य समीक्षासँग भएको हो’ पल लेख्छन् ,’पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवारलाई समेत दु:खी बनाएको छ ।’ समीक्षासँग रहेको मित्रतालाई अन्य नाम नदिन आग्रह गर्दै उनले चरित्र हत्या हुने गरी समाचार नबनाइदिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्