बिहिबार , भाद्र २, २०७९

रञ्जु दर्शनाले छिमेकी किसुसँग गरिन् इंगेजमेन्ट

फागुण ७, २०७८ शनिबार 248

काठमाडौं:

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शाले इंगेजमेन्ट गरेकी छन् । उनले छिमेकी किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् ।

दर्शले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको उल्लेख गरेकी हुन्।

‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फुलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं।

तपाईँहरुको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु❤️।’

उनको विवाह कहीले हुने भन्ने खुलाइएको छैन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि उनी चर्चामा आएकी थिइन् ।

प्रतिकृया दिनुहोस्