सोमबार , अषोज १०, २०७९

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट उडान सुरु, अब मलेसिया र खाडी देशका सबै उडान हुने..

फागुण ७, २०७८ शनिबार 423

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखी अर्थात शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु भएको छ ।

आगामी १५ फागुनसम्म सो विमानस्थलमा यस्तो क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गरी मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस विमानस्थमा क्यालिब्रेसन फ्लाइट हुन लागेको जानकारी दिएको हो ।प्राधिकरणका अनुसार आगामी १० दिनसम्म सञ्चालन हुने यस्तो उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)ले पाएको छ ।

कुन कुन देशमा हुन्छ सिधा उडान ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिशेष गरि खाडिका सबै देशहरू युएई, कतार, साउदी अरब, ओमान, साउदिको दमाम, संगै मलेसियाका फ्याइट अवतरण गर्ने योजनमा रहेको छ ।

श्रम गन्तब्यका देशबाट हुने सबै उडानहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नै हुने छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्