सोमबार , अषोज १०, २०७९

आप्रवासी बोकेको ट्रक मेक्सिकोमा दुर्घटना हुदा ४९ जनाको मृत्यु

मंग्सिर २४, २०७८ शुक्रबार 539

दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । चियापास राज्यको एउटा पुलमा ठो’कि’दा ट्रक दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकमा उ’त्ता’नो प’रेको थियो ।

दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो ।

होन्डुरस, एल–साल्भाडोर र ग्वाटेमाला समेतका मध्य–अमेरिकी राष्ट्रहरुबाट मेक्सिको हुँदै बर्सेनि ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न जो खिम पूर्ण यात्रा गर्दछन् । बाटोमा आइपर्ने जो खि मबाट बच्न उनीहरु समूह बनाएर यात्रा गर्ने गर्दछन् ।

बिहीबार दुर्घटनामा परेको ट्रकमा झण्डै ८० जना यात्रु रहेका थिए । घटनामा परी घाइते भएकाहरुलाई उपचार गराइएको छ । गत वर्ष अक्टोबरमा करिब सात हजार मानिस मेक्सिको हुँदै मेक्सिको–अमेरिकासँगको सीमावर्ती सहर तिजुआना पुगेका थिए ।

प्रतिकृया दिनुहोस्