आइतबार , असार १२, २०७९

एमसीसी पास गर्न लागेको भन्दै फेरी फागुन ७ र ८ गते नेपाल बन्दको घोषणा

फागुण ६, २०७८ शुक्रबार 510

एमसीसी पास गर्न लागेको भन्दै फेरी फागुन ७ र ८ गते ५ कम्युनिस्ट पार्टीद्वारा नेपाल बन्दको घोषणाराष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खारेजीका लागि संघर्षरत नेकपासहित ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले फाल्गुन ६ नेपाल बन्दको आव्हान गरेका छन्*

यसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छनेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा,

नेपालले घोषित कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्न जोड गरेपछि मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने पछि हटेको स्रोतले जनायो

बन्दको आव्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई निर्देशनसहित सर्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।

रुपन्देहीमा ६ दलको बैठक, बन्दलाई प्रभावकारी बनाउने निर्णय रुपन्देहीमा ६ दलको मंगलबार बुटवलमा बसेको बैठकले बन्दलाई सफल पार्न सम्पूर्ण तयारी गर्ने बताएको छ

प्रतिकृया दिनुहोस्