उत्तर प्रदेश : भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा राखिएको स्ल्याब भाँचिदा १३ जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा महिला र बालबालिका रहेका छन्। कुशीनगरको नौरङ्गियामा विवाह समारोहका लागि भेला भएका यी व्यक्तिहरू इनारमा राखिएको स्ल्याबमा बसेका थिए । स्ल्याब भाँच्दा सबै इनारमा ख’सेका थिए। घ’टनामा दुई महिला र ११ बालबालिकाको मृ’त्यु भएको बीबीसीमा समाचार छ।
यस दु’र्घटनाको जानकारी दिँदै गोरखपुर रेन्जका एडीजी अखिल कुमारले भनेका छन्। ‘स्थानीय गाउँमा परमेश्वर कुशवाहा जीसँग विवाहको कार्यक्रम थियो, जसमा गाउँका महिलाहरु इनारमा पूजा गर्न भेला भएका थिए। करिब साढे आठ बजे दु:खद घ’टना भएको हो। इनारको स्ल्याब फुटेर माथि रहेका सबै मानिस इनारमा ख’से। स्थानीयले सकेसम्म धेरैलाई बाहिर निकालेर तुरुन्त अस्पताल पुर्याएका थिए।’
प्रधानमन्त्री नरेन्द्र मोदीले यस दु’र्घटनामा ज्या’न गुमा’एकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई/दुई लाख रुपैयाँ राहत र पीडितलाई ५०-५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
दु’र्घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘उत्तर प्रदेशको कुशीनगरमा भएको दु’र्घटना हृदयविदारक छ । यस घ’टनामा ज्या”न गु’माउनेहरुका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घा’इतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, स्थानीय प्रशासनले सक्दो सहयोग गरिरहेको छ ।बुधबार राती करिब ८: ३० बजे भएको उक्त घ’टनामा रातको समय भएकाले उद्धार र राहत कार्यमा कठिनाइ भएको थियो ।
प्रतिकृया दिनुहोस्