आइतबार , असार १२, २०७९

आज फेरी वरिष्ठ ब्यक्तिको निधनले शोकमा डुब्यो फिल्मी क्षेत्र, आर्यघाटमा अन्त्येष्टि

फागुण ५, २०७८ बिहिबार 369

काठमाडौ । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ। उनको ६४ वर्षको उमेर निधन भएको हो। चलचित्र ुतिलहरीुबाट निर्देशन यात्रा सुरु गरेका उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया,लगायत दर्जन बढी चलचित्रमा निर्देशन गरेका छन्।

उनले चलचित्रसँगै टेलिसिरियल पनि निर्देशन गरेका छन् । उनको बिहीबार नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आयार्यका श्रीमती र एक छोरा छन्। उनको बुधबार राति ६४ वर्षको उमेरमा निधन भएको चलचित्रकर्मी प्रदीप दाहालले जानकारी दिए ।

आचार्यका श्रीमती र एक जना छोरा दुवै जना विदेशमा भएकाले उनका दाजु कृष्ण आचार्यले अन्तिम संस्कार गरेका हुन् । निर्देशक आचार्य काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।

उनले निर्देशन गरेको अन्तिम चलचित्र ‘प्रीतिको फूल’ हो । उनी नयाँ चलचित्र निर्देशनको तयारीमा समेत थिए । आचार्यले दुश्मन, आमा लगायतका टेलिसिरियलको पनि निर्देशन गरेका थिए । यस्तै उनले ‘सपना, सम्पत्ति, मायालु लगायतका चलचित्रमा सहनिर्देशकको रुपमा काम गरेका थिए । फाइल तस्बिर

प्रतिकृया दिनुहोस्