सोमबार , अषोज १०, २०७९

हेलिकप्टर दुर्घटनामा सबैको मृत्यु हुँदा यिनी हुन् जिवित रहेका एक्ला भाग्यमानी, कस्तो छ यिनको अवस्था ?

मंग्सिर २३, २०७८ बिहिबार 669

काठमाडौ । बुधबार भारतमा भएको हेलिकप्टर दुर्घटनामा १३ जनाको निधन भयो । भारतका रक्षा प्रमुख विपिन रावत दम्पतीसहित १४ जना सवार हेलिकप्टर त्यहाँको तमिलनाडुमा अचानक दुर्घटनामा भएको हो ।

घना जंगलबीच भएको दुर्घटनामा अरु सबैको निधन भयो । दुर्घटनामा रक्षा प्रमुख रावत दम्ततीसहित १३ जनाको निधन भएको हो।

तर एक जना गम्भीर घाइते अवस्थामा बाँच्न सफल भएका छन्। उनी हुन्– ग्रुप क्याप्टेन वरुण सिंह। भारतीय सञ्चारमाध्यमका अनुसार उनको पनि शरीर नराम्ररी ज ले को छ। उनलाई वेलिंगटनस्थित सैन्य अस्पताल भर्ना गरिएको छ। उपचार जारी छ।

गत वर्ष पनि उनले तेजस ल डा कु विमान उडाउँदा ठूलो प्राविधिक समस्याको सामना गर्नुपर्‍यो, तर हिम्मत हारेनन् र विमानलाई सुरक्षित अवतरण गराए। जसका लागि उनलाई सौर्य चक्र प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस्