बिहिबार , जेठ ५, २०७९

बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँमा छायो सन्नाटा, कसैको घरमा चुलो बलेको छैन (भिडियो हेर्नुहोस)

फागुण ४, २०७८ बुधबार 513

काठमाडौं : प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दुर्घ’टनामा पर्‍यो । जिल्लाको नौ बहिनी गाउँ पालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँ पालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखर पाटामा सडकबाट करिब ३०० मिटर तल ख’सेर दुर्घ’टनामा परेको हो।

दुर्घ’टनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्का सहित ८ जनाले ज्या’न गु’माए। ४ जना घा’इते भएका छन्। घा’इते मध्ये बेहुली सहित ३ जना ग’म्भीर छन् ।

घा’इते बेहुला २५ वर्षीय दान बहादुर खड्काको बिहेबाट फर्किंदै गरेका वसन्त, उनकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको समेत नि’धन भएको जनाइएको छ ।

जन्ती सवार ग १ ज ५०९२ नम्बरको जीप दुर्घ’टनामा परेको हो । रातभरि पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घ’टना भएको हुन सक्ने प्रहरीको अनुमान छ । लिवाङ गाउँका घर परिवार भित्रकै ६ जना सहित ७ जनाको ज्या’न ग’एको र अन्य आफन्त ग’म्भीर घा’इते भएपछि लिवाङ गाउँमा स’न्नाटा छाएको छ।

‘बेहुली भित्र्याउने तयारीमा रहेको घरको उल्लास कस्तो हुन्छ र आज सोही गाउँबाट ७ जनाको श-व निकाल्नु पर्दा कस्तो का’रूणिक अवस्था होला, तपाईं आफैं कल्पना गर्नुहोस्,’ वलीले भनेका छन्, ‘गाउँमा कसैको घरमा आगो बलेको छैन। नरूँने कोही छैन। गाउँमा स’न्नाटा छाएको छ।’ वलीका अनुसार सबै गाउँले अहिले पनि दुर्घ’टनास्थल ओखरपाटामै भेला भएका छन्।

‘हामी सारा गाउँले शो’कमा छौं,’ वलीले भने, ‘गाउँमा यति ठूलो बज्रपात पर्ला भन्ने कल्पना पनि गरिएको थिएन।’ वलीका अनुसार दुर्घ’टनामा ज्या’न गु’माएका वसन्त खड्का र उनी निकै मिल्ने साथी हुन्। शुक्रबार बेलुका ७ बजेतिर वलीसँग आफ्नो फोनमा कुरा भएको उनले बताए। ‘म हिजो दिनभर व्यक्तिगत कामले फोन सम्पर्क नहुने ठाउँमा पुगेँ र बेलुकीमात्रै मैले उपसभापतिज्यूलाई फोन गरेको थिएँ,’ वलीले भने, ‘एक जना गाउँकै भाइले गाउँपालिकाको अहेबमा नाम निकालेकोमा उहाँले खुसी व्यक्त गर्नुभएको थियो र राति वा भोलि बिहान घर फर्किन्छु भन्नुहुन्थ्यो। उहाँलाई बिहान अचेत अवस्थामा उद्धार गर्नुपर्दा मैले आफूलाई सम्हाल्नै सकिनँ।’

वलीले घर परिवारका सीमित मानिस मात्रै जन्ती जाने निर्णय हुनु र आफू पनि फोन सम्पर्क नहुने ठाउँमा काम विशेषले पुगेको हुँदा उपसभापतिसँग छुटेको बताए ।

‘यदि घर परिवार बाहेक गाउँका अरू मानिस पनि जाने हुँदा म पनि जाने थिएँ र त्यस्तोमा हामी सायद मोटरसाइकलको यात्रा गर्ने थियौं होला,’ उनले अगाडि भने, ‘त्यसले उहाँलाई जोगाउँथ्यो कि! हाम्रो दाजु भाइकोभन्दा निकट सम्बन्ध थियो। उहाँ जहाँ जाँदा पनि मलाई सोध्नुहुन्थ्यो र म पनि उहाँलाई सोध्ने गर्थेँ।’

प्रतिकृया दिनुहोस्