आइतबार , असार १२, २०७९

निखिल उप्रेतीपछि नायक रमेश उप्रेतीको पनि श्रीमतीसँग डिभोर्स भएको हो ?

फागुण ४, २०७८ बुधबार 372

अभिनेता रमेश उप्रेति र श्रीमती किरण राणासँगको वैवाहिक सम्बन्ध टुट्ने संघारमा पुगेको छ । उनीहर ६ महिनादेखि अलग बस्न थालेको निकट स्रोतले बतायो ।

उमेरमा रमेशभन्दा किरण केही वर्ष जेठी, पहिलो श्रीमानसँग डिभोर्स लिएर बसेकी किरणले रमेशसँग दोस्रो विवाह

रमेश र किरणबीच प्रेम विवाह भएको थियो । उमेरमा रमेशभन्दा किरण केही वर्ष जेठी हुन् । पहिलो श्रीमानसँग डिभोर्स लिएर बसेकी किरणले रमेशसँग दोस्रो विवाह गरेकी थिइन् । रमेश र किरणको कुनै पनि सन्तान छैनन् ।

विवाहपछि रमेश अमेरिका लागेका थिए । पछि किरण पनि उतै गइन् । करिब एक दशक अमेरिकामा बिताएर उनीहरू नेपाल फर्केका हुन् ।

अमेरिकाबाट फर्केपछि उनले ‘ब्रासलेट’ मार्फत चलचित्रमा कमब्याक गरेका थिए । यो चलचित्र व्यापारिकरूपमा सफल भएन । त्यसपछि होम प्रोडक्सनबाट चलचित्र ‘ऐश्वर्या’ निर्माण गरेका थिए, जसको निर्मात्री श्रीमती किरण थिइन् ।

केही समयअघि उनले नामबाट ‘किरण’ हटाएर रमेश मात्रै लेख्न थालेपछि उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान

विवाहको लामो समयसम्म रमेश र किरणको सुमधुर सम्बन्ध थियो । श्रीमतीप्रति माया दर्शाउन रमेशले सामाजिक सञ्जालमा आफ्नो नाम ‘रमेश किरण उप्रेति’ लेख्ने गरेका थिए । केही समयअघि उनले नामबाट ‘किरण’ हटाएर रमेश मात्रै लेख्न थालेपछि उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान गरिएको थियो ।

रमेश र किरण बूढानीलकण्ठमा रहेको सीजी भिल्लामा बस्दै आएका थिए । अहिले रमेश श्रीमतीसँग अलग भएर बूढानीलकण्ठमै फ्ल्याट भाडामा लिएर बस्न थालेका छन् । किरण भने सीजी होम्समै बस्छिन् । उनीहरू अदालती डिभोर्सको प्रक्रियामा रहेको निकट स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस्