आइतबार , असार १२, २०७९

पोखराकी जेनिसा जो नर्स बनेर दुबई पुगिन तर उतै अस्ताइन

फागुण ४, २०७८ बुधबार 306

यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) को रसअलखेमाहमा एक नेपाली नर्सको सडक दु’र्घटनामा परी मृ’त्यु भएको छ। विगत तीन वर्ष देखि यूएईको रसअलखेमाहमा कार्यरत पोखराकी जेनिसा गुरुङको मंगलबार बिहान सडक दु’र्घटनामा परी मृ’त्यु भएको हो ।

आफ्नै साथीसँग दुबईबाट फर्कने क्रममा गुरुङ चढेको सवारी साधन अनियन्त्रित भई दु’र्घटना हुँदा उनको घ’टनास्थलमै मृ’त्यु भएको हो । दुर्घ’टनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर घा’इते भएका छन्।

दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने गुरुङको शव स्थानीय साकार अस्पतालमा राखिएको छ।मृ’तक गुरुङकी श्रीमान् हाल वैदेशिक रोजगारीकै क्रममा कतारमा कार्यरत रहेका छन् ।

प्रतिकृया दिनुहोस्