आइतबार , जेठ ८, २०७९

४ गते बुधबार देशैभर एमसीसी सम्झौताको खारेजीको माग गर्दै नेपाल बन्दको तयारी !

फागुण ३, २०७८ मंगलबार 924

काठमाडौं । सरकारले बुधबार बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। सरकारको नेतृत्वकर्तादल नेपाली काँग्रेसले सोबारे निर्णय गरेसँगै एमसीसी अगाडी बढ्ने पक्कापक्की भएको छ।

यता एमसीसीको बिरोध गर्दै आएका विप्लव नेतृत्वको नेकपा, बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादीसहितका दलहरुले भोली ४ गते नेपाल बन्द आव्हान गरेको खबर यतिबेला भाइरल बनेको छ ।

विप्लव नेतृत्वको नेकपा, बैद्य नेतृत्वको (क्रान्तिकारी माओवादीसहितका अन्य ४ वटा राजनीतिक दलका नेता कार्यकर्ताहरुले भोलि फागुन ४ गते नेपाल बन्दसहितको पर्चा सामाजिक सञ्जालमा सेयर गर्दै भाइरल बनाएका छन् ।

तर यो समाचार तयार पार्दासम्म भोली फागुन ४ गते नेपाल बन्द भएको कुनै आधिकारिक विज्ञप्ति भने आइसकेको छैन। नेपाल बन्दको खबर भाइरल बनिरहेका बेला यता देउवा सरकारले भने एमसीसी विरोधी प्रदर्शन चर्कन सक्ने भन्दै सो सम्भालाई लक्षित गर्दै नयाँ बानेश्वर स्थित संसद भवन वरपर थप सुरक्षा सतर्कता बढाएको छ ।

खासमा विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी), र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा भोलि फाल्गुन ४ गते बुधबार देशैभर एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध जुलुस र सभा हुँदैछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्