बिहिबार , भाद्र २, २०७९

यिनै हुन् ४० लाख खर्च गरेर मिठो सपना बुनेर अमेरिका हिडेका युबक जसले बाटोमै गुमाए ज्यान, २२ वर्षकी श्रीमती र नाबालकको रुवाबासी (भिडियोसहित)

मंग्सिर २३, २०७८ बिहिबार 472

रुकुम जिल्लाको वाफीकोट गाउँपालिकाका वडा नं २ नेपाने गाउँका रुपक वोहरा अमेरिका जान भनेर हिँडेका थिए । उनको २२ वर्षकी श्रीमती र भर्खर जन्मेका नाति नातिना बेसहारा भएका छन् । २४ वर्षका छोराको अचानक मृत्यु भएपछि आमाबुवाको बेहाल भएको छ । छोरा त गुमाए ति अभागी बुवाआमाले छोराको शव पनि देख्न पाएका छैनन् ।

उनी विभिन्न देश हुँदै अमेरिका जान भन्दै हिँडेका थिए । तर उनी अफ्रिकाको घानामा मृत्यु भएको हो । छोरा हिँडेपछि कात्तिक २७ गतेसम्म आमाबुवासंग सम्पर्कमा थिए । उनी जाँदा बुवा आमाले ४० लाख रुपैया ऋण लिएका थिए । ३० लाख रुपैया त उनका बुवाले तमसुक गरेर पैसा लिएका छन् । छोरा त गुमाए उनीहरुको सबै सम्पत्ती पनि सकियो ।

त्यसरी अवैध तरिकाले अमेरिका लैजाने भन्दै लाखौं रुपैया लिएका दलाललाई कारवाही हुनुपर्ने बुवाआमाको भनाई छ । भर्खर जन्मेका छोराछोरी बुवालाई के भएको हो भन्ने समेत थाहा छैन । आमाको आँखामा आँशु देख्दा साना छोराछोरी अलपत्र पर्छन । कात्तिक २७ सम्म कुराकानी भइरहेको बताएका बुवा आमाले पछिल्लो समय रुपक विरामी भएका छन् भनेर जानकारी दिएका थिए । मृत्यु हुनुभन्दा १० दिन अघि विरामी भएका छन् भन्ने खबर पाएका बुवाआमाले छोराको मृत्यु नै होला भन्ने कल्पना गरेका थिएनन् ।

विरामी परेपछि केही नेपाली उद्दारकर्ता र एनआरएनका केही ब्यक्तिले घानाको विमानस्थलमा छोडिदिएको आफुले थाहा पाएको बताए । छोराको उपचार गरेको खबर पनि पायौं, अब रुपक ठिक छन् अब केही हुँदैन हामीले राम्रो अस्पतालमा उपचार गरेका छौं भनेर मलाई फोन गरे । तर त्यसको दुई दिन पछि नै छोराको मृत्यु भएको खबर आयो ।The web page at https://www.youtube.com/embed/m8799vtI-rk might be temporarily down or it may have moved permanently to a new web address.

प्रतिकृया दिनुहोस्