आइतबार , जेठ ८, २०७९

बुटबलमा तीन जना चढेको मोटरसाइकल दु’र्घटना, दुई जनाको मृ’त्यु

फागुण ३, २०७८ मंगलबार 553

काठमाडौं- रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा मंगलबार बिहान ३ जना सवार मोटरसाईकल दु’र्घटना हुँदा २ जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा एक जना ग’म्भीर घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय राउल थापा रहेका छन् । दुबै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

ग’म्भीर घा’इते भएका मोटरसाईकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमा उपचार भईरहेको छ । लु ६० प ३६५२ नम्बरको मोटरसाईकल मंगलबार बिहान ४ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

उता दाङमा टिपरकाे ठ’क्करबाट एकजनाकाे मृ’त्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको मृ’त्यु भएको हाे ।पुर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठ’क्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पाैडेलको घटना स्थलमै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएकाे छ ।

साइकलमा दूध बेच्न भालुवाङ हिँडेकी महिलालाई उक्त टिपरले ठ’क्कर दिएको हो ।घटना पछि मृ’तकका आफन्त तथा स्थानीयले राजमार्ग बन्द गरेका छन । दोषीलाई कडा भन्दा कडा कारवाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको हो । बाटो बन्द भएपछि गन्तव्यमा जान लागेका सवै गाडी र यात्रुहरु अलपत्र परेका छन् ।।

प्रतिकृया दिनुहोस्