बिहिबार , जेठ ५, २०७९

कलंकीमा डिउटीमा रहेका ट्राफिकलाई बसले ओरभट्याक गर्ने क्रममा बसले ठ’क्क’र दिएपछी हंगामा !

फागुण २, २०७८ सोमबार 329

काठमाडौं । बसले ठ’क्क’र दिँ’दा कलंकीमा एक ट्राफिक घाइते भएका छन् । आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले डिउटीमै रहेका ट्राफिक राजेन्द्र कुवरलाई ठ’क्क’र दिएको हो ।

ठ’क्क’र’बाट घाइते ट्राफिकको ठाउकोमा गम्भीर चो’ट ला’गेको छ । बसले ओरभट्याक गर्ने क्रममा ट्राफिकलाई ठ’क्क’र दिएको प्रहरीले जानकारी दिएको छ । घाइते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठ’क्क’र दि’ने बसका चालक र सहचालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा (नासु ), पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । प्रजिअ गौतमले भन्नुभयो, “कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक जनाले धानेको छ, निकै समस्या भएको छ ।”

नायब सुब्बाको १० जनाको दरबन्दीमध्ये आठ नायब सुब्बा अहिले काम गरे पनि लामो समयदेखि नायब सुब्बाका दुई दरबन्दी रिक्त नै रहेका छन् । एक प्रशासकीय अधिकृत पनि विगतदेखि नै रिक्त रहेका कारण नागरिकता, राहदानी तथा अन्य महत्वपूर्ण कामकाज प्रभावित भएको जनाइएको छ ।

जेलरले गर्छन् प्रशासकीय अधिकृतको काम

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भई काम प्रभावित हुन थालेपछि प्रशासकीय अधिकृतले गर्नुपर्ने नागरिकताको काम अहिले राजविराज कारागारका जेलर सुमन कोइरालाले गर्नुहुन्छ ।

कामु प्रशासकीय अधिकृतका रुपमा उहाँले नागरिकतामा तोक लगाउने, राहदानी सिफारिस गर्ने, प्रतिलिपि बनाउनेलगायतमा अहिले सघाइराख्नुभएको छ । प्रशासकीय अधिकृत किशोर राम विगत १५ दिनदेखि घरायसी कामका लागि बिदा बसेपछि यहाँ कर्मचारीको अभाव देखिएका कारण कारागारबाट नायब सुब्बा(नासु) कोइरालालाई ल्याएर ‘नागरिकता, प्रतिलिपि तथा राहदानीलगायत काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्