बिहिबार , जेठ ५, २०७९

भखरै नेपालगन्जबाट बुटवल जाँदै गरेको बसमा आ’गला’गी

फागुण २, २०७८ सोमबार 119

कपिलवस्तु, १ फागुन । नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी आ’गला’गी भएर पूर्ण रूपमा क्षति पुगेको छ । भे१ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आ’गो ला’गेको थियो ।

बसको विद्युत् सर्किट सर्ट भएर आ’ग’लागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए ।

बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए । बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । आ’गो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी खटिएका थिए ।

प्रतिकृया दिनुहोस्