शनिबार , अषोज १५, २०७९

फाल्गुन २ गते सोमबार , हेर्नुहोस् यस्तो छ तपाईको राशि अनुसारको भाग्यफल…

फागुण १, २०७८ आइतबार 472

राशि,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्वन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धो का हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रता राम्रो भएर जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्वन्धीत पेशा व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यावसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनोल आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी आजको दिन उत्तम रहेकोछ । बौद्धिक कार्यक्रममा सहभागि भई आफ्नो प्रश्तुती प्रश्तुत गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अरुको विस्वास जिती काम गर्न नसक्दा समयभन्दा पछी परिनेछ । कामगर्ने भन्दा आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजादा नतिजा अरुतिर नै जानेछ । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्र्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आट, शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुला लागी समय उत्तम रहेकोछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कार्यक्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक अवस्थाहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी वढी पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्रणय सम्वन्ध थप बलियो बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अली वढी मेहनेतको खाचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेकोछ । तरपनि विदेशी लगानीबाट सञ्चालित सस्थाबाट भने मनग्गे मुनाँफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पैत्रिक धन तथा सम्पती को प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पती जोड्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा लगानी हुनेहरुका लागी कारोबारमा सुधार हुनेछ । बिद्यार्थीहरुका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ । पढाइ लेखाइमा भनजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ ।

प्रतिकृया दिनुहोस्