बिहिबार , माघ १३, २०७८

काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएपछि अस्पतालहरु बिरामीले भरिए

मंग्सिर २१, २०७८ मंगलबार 280

केप टाउन / काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरा’मीले भरिएका छन् ।

अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरु’लाई खाे’प लगाउन आ’ह्वान गरेका छन् ।

यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकाेमा पछिल्लाे २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार सं’क्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाकाे स’रुवा राेगका लागि राष्ट्रिय संस्था (एनआइसीडी) का अनुसार पछिल्लाे समयमा सं’क्रमणमा भएकाे बृद्धि अ’प्रत्या’सित हाे ।

देश काेभिडकाे चाैथाे ल’हरमा प्रवेश गरिसकेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ‘दु’र्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीकाे संख्या दाेब्बरले बढेकाे छ,’ सं’क्रमक राेग विज्ञ इयान साने भन्छन् ।

संक्र’मितकाे संख्यामा बृद्धि भएकाेले त्यसका लागि तयारी हुन उनले अस्पताललाई आग्रह गरेका छन् ।

अस्पतालमा पर्याप्त अक्सिजनकाे व्यवस्था गर्नुपर्ने उनकाे सुझाव छ । दक्षिण अफ्रिकाकाे मेडिकल रिसर्च काउन्सीलका प्रमुख डा फरिद अब्दुल्लाहले जाेहेनसवर्ग र तास्वानेमा अस्वभाविक रुपमा संक्रमित बढेकाे बताएका छन् ।

देशकै सबैभन्दा ठूला सहर रहेकाे गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । अधिकांश विरामीले खाेप नलगाएकाे र डरलाग्दाे संख्यामा बालबालिका संक्रमित भएकाे चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्