बुधबार , अषोज १२, २०७९

छोरा जन्माउने आशमा गर्भवती महिलाको टाउकोमा ह्यामरले गाडियो किला !

माघ २९, २०७८ शनिबार 286

टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन् ।

अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग मागिन् । साढे दुई इन्च लामो किला आफै गाडेको उनको अस्पतालका कर्मचारी सशंकित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी बाध्य हुन्छिन् ।

एक अ’न्धविश्वासी’ले गर्भ’वती महिलाले टाउको किला गाड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन् । उनै अन्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्यामरले किला गाडिदिएका थिए ।

लेडी रिडिङ अस्पतालका डा. हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महशुस गरेको बीबीसीलाई बताए ।

एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएकी पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन ओटा छोरी छन् । अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले ध म्क्याउदै आएका छन् ।

‘उनी तीन महिनाकी गर्भ’वती रैछन् । पतिको ध म्कीका कारण उनी अन्धविश्वसी व्यक्तिमा गएकी रहेछिन,’ अस्पतालका एक कर्मचारीले भने ।

पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ । उत्तर पश्चिम पाकिस्तानमा यस्तो विश्वास धेरैमा देखिन्छ ।

एउटा ट्विटमा पेशावर प्रहरी प्रमुख अब्बास अहसनले दोषीलाई कानुनको कठघरमा ल्याउन एउटा विशेष अनुसन्धान समूह गठन गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्