बिहिबार , जेठ ५, २०७९

टिप्पर घर भित्रै छिरेर आगो तापीरहेका २ जना मान्छेको ज्या’न लियो (भिडियो हेर्नुहोस)

माघ २५, २०७८ मंगलबार 124

बर्दियाको बढैयातालमा टिप्परको ठ’क्करबाट २ को मृ’त्यु भएको छ । ३ जना ग’म्भिर घा’इते भएका छन् । बढैयाताल गाँउपालिका वडा नंं.३ सतपतियामा सोमबार राति घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले सडकबाट हुत्तिदै आँगनमा पुगेर ठ’क्कर दिएको थियो ।

टिपरको ठ’क्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घ’टनास्थलमै र रामु थारुको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारको क्रममा गएराति मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय मैनापोखरले जनाएको छ ।

सोही दु’र्घटनामा ठ’क्करबाट घा’इते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिप्पर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्र’हरी कार्यालय मैनापोखरले जनाएको छ ।

यो पनि पढ्नुहोस्, आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ । नेकपा एमालेले प्रधानमन्त्री देउवालाई तत्काल निर्वाचनको मिति तोक्न दवाव दिँदै आएको थियो । आफ्नै गठबन्धनका दलले दिएको सुझाव विपरित देउवाले बैशाखमै निर्वाचन गर्ने निर्णय गरेपछि एमाले खुसी भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय लिएको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन् । मन्त्री कार्कीले वैशाख ३० गते निर्वाचन गर्दा कानुनले कुनै अवरोध नगर्ने पनि जानकारी दिएका छन्।

अमेरिकी परियोजना एमसीसीका विषयमा गठबन्धन दलहरुबीच सहमति जुट्न नसकेका बेलामा गठबन्धन दलकै सुझाव विपरित देउवाले वैशाखमै एकै चरणमा निर्वाचन गर्ने निर्णय लिएपछि अब राजनीतिक महौल तातिने भएको छ । मंसिरमा मात्रै स्थानीय निर्वाचन गर्ने माओवादी र एकीकृत समाजवादीको प्रस्ताव थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमै देशलाई निर्वाचनमा लैजाने निर्णय लिएपछि स्वागत भएको छ।

सरकारको निर्णय लगत्तै प्रतिकृया दिँदै एमाले उपमहासचिव विष्णु रिमालले स्वागत योग्य कदम भनेका छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुने नहुने अलमल भइरहेका बेला अब निर्वाचन तयारीमा होमिने एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन्। त्यस्तै सरकारको निर्णयलाई पूर्वअर्थसचिव रामेश्वर खनालले उत्कृष्ट भनेका छन्। उनले तर यो निर्णयबाट सरकार पछि हट्न नहुने पनि उल्लेख गरेका छन्

प्रतिकृया दिनुहोस्