आइतबार , जेठ ८, २०७९

अविवाहित लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलर, अब यो सम्पतिको मालिक को होला ?

माघ २५, २०७८ मंगलबार 270

उमेरमा निधन भयो । संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन् । उनको निधनपछि भारतभर शोकको लहर छाएको छ ।

लताले सन् १९४२ मा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पहिचान पाएकी थिइन् । लताले विश्वभरका करिब ३६ भाषामा ४० हजार बढी गीत गाएकी छन् ।

‘स्वर साम्राज्ञी’, ‘बुलबुले हिन्द’ र ‘कोकिला’जस्ता विभिन्न विशेषण जुन लता मंगेशकरका लागि प्रयोग गरिन्छन्, ती सधैँ अपर्याप्त लाग्छन् । महाराष्ट्रमा एक थिएटर कम्पनी चलाउने आफ्नो जमानाका चर्चित कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी लताको जन्म २८ सेप्टेम्बर सन् १९२९ मा इन्दौरमा भएको थियो ।

उनका पिता पण्डित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकारका साथै मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए । लता मंगेशकर आफ्ना पिताका पाँच सन्तानमध्ये सबैभन्दा जेठी थिइन् । पछि लताका भाइ बहिनी पनि उनको अनुसरण गर्दै सङ्गीतको दुनियाँमा कदम राखे र पछि गएर भारतका चर्चित गायक बने ।

मधुबालादेखि माधुरी दीक्षित र काजोलसम्म हिन्दी सिनेमाको स्क्रिनमा सायदै यस्ता कोही सेलिब्रिटी बाँकी छैनन् होला, जसलाई लता मंगेशकरले आफ्नो आवाज उधारो नदिएकी होस् । २० भन्दा बढी भारतीय भाषामा लताले ३० हजारभन्दा बढी गीत गाइन् ।

सन् १९९१ मै गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले उनी संसारभरी सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिका हुन् भनेर मान्यता दिएको थियो । भजन, गजल, कव्वाली शास्त्रीय सङ्गीत होस् वा साधारण फिल्मका गीत, लताले सबैजसो गीतमा स्वरको जादु चलाइन् ।

एक गायिकाका रूपमा यति लामो करियरमा लताले निकै सम्पत्ति जोडिन् । लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलरको आसपास छ । उनको अधिकांश कमाई गीतको रोयल्टी र त्यसको लगानीबाट प्राप्त हुन्थ्यो ।

उनले पहिलोपटक मराठी फिल्म ‘किति हसाल’का लागि गीत गाएकी थिइन् । यो उनको पहिलो गीत कहिल्यै रिलिज भएन । उनको पहिलो कमाई २५ रुपैंयाँ थियो । तर जीवनको अन्तिम क्षणसम्ममा उनी करोडौं सम्पत्तिको मालिक बनेकी थिइन् । अन्तिम समयसम्म उनको मासिक आम्दानी ४० लाख रुपैंयाँ थियो ।

लताको दक्षिण मुम्बईको पेडर रोडमा घर छ, जसको नाम प्रभुकुञ्ज भवन हो । उनी यही घरमा बस्थिन् । यो घरको मूल्य करोडौंमा पर्छ । लता कारको शौखिन थिइन् र उनीसँगै शेवरले, ब्युक र क्रिसलर ब्रान्डका गाडी थिए । लतालाई फिल्म निर्माता यश चोपडाले ‘वीर जारा’को गीत रिलिज हुनासाथ एक मर्सिडिज कार उपहार दिएका थिए ।

लताले आजीवन विवाह गरिनन् । उनलाई दागबत्ती उनको भाइ हृदयनाथ मंगेशकरले दिएका थिए । जो अब लताको सम्पत्तिको मालिक हुन सक्छन् । यद्यपि अहिलेसम्म मालिक को हुने भन्ने आधिकारिक खुलेको छैन ।

प्रतिकृया दिनुहोस्